प्रवास

केहि दिनको अन्तरालमा पोर्चुगलमा दुई नेपालीको निधन

शेयर गर्नुहोस्

पोर्चुगलमा एक नेपालीको निधन भएको छ। नेपालको म्याग्दी घर भएका ५३ बर्षिय भगवान मल्लको उपचारका क्रमममा मृत्यु भएको हो।

करिव ६ बर्ष अगाडि वैदेशिक रोजगारको शिलशिलामा पोर्चुगल आएका मल्ल केही समय खेतीमा काम गरेका थिए भने पछिल्लो समय रेस्टुरेन्टमा काम गर्दै आएका थिए।लिस्बोन  स्थित शान्ता मारिया हस्पिटलमा उपचाररत रहेकोमा यहि जुन १४ तारिख मृत्यु भएको हो।

मृतकको  अन्तिम दाहसंस्कार पोर्चुगलमै गर्ने परिवारले बताएको एनआरएनए पोर्चुगलले जनाएको छ।

त्यस्तै, केहि दिन को अन्तराल मै काभ्रेपलाञ्चोक जिल्ला घर भै करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका  प्रदिप तामांगको उपचार को क्रममा मृत्यु भएको छ।  लिस्बोन स्थित आइपिओ अस्पतालमा उपचाररत तामांगको  गत जुन १७ तारिखमा मृत्यु भएको हो।

मृतकको अन्तिम दाहासंस्कार २० जुन आईतवार विहान १० वजे सिमितेरियो म्युनिसिपाल दि कामारातेमा हुनेगैर आवासीय नेपाली संघ, पोर्चुगलले जानकारी दिएको छ।

यो समाचार पनि पढ्नुहोस् : एनआरएनए पोर्चुगलको अधिवेशन जुलाई ३१ मा हुने

गैरआवासीय नेपाली संघ पोर्चुगलको आठौं अधिवेशन ३१ जुलाई २०२१ शनिबारका दिन हुने भएको छ। संघको २५ मे मा बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको जानकारी गराइएको छ।

कार्यसमितिको बैठकले एनआरएनए पोर्चुगलको नयाँ सदस्यता वितरण तथा नवीकरणका लागि एक महिने अभियान संचालन गर्ने निर्णय गरेको जनाइको छ।

२७ मे २०२१ को अपरान्ह देखि २६ जुन २०२१ को साँझसम्म सदस्यता वितरण र नवीकरण हुने कार्यसमितिबाट निर्णय भएको श्रोतबाट जानकारी प्राप्त भएको छ। एनआरएनए केन्द्रको विधान र प्राप्त निर्देशन बमोजिम जुलाई भित्र अधिवेशन हुनु पर्ने कुरालाई मध्यनजर गरी निर्णय भएको बताइएको छ।

सदस्यता बिस्तार, वितरण र नवीकरणलाई व्यबस्थित र सहजीकरण गर्न कार्यसमितिको तर्फबाट अध्यक्ष तिलक गैरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जनाइको छ। समितिका सदस्यहरुमा उपाध्यक्ष सीता श्रेष्ठ, महासचिव हेमराज सुवेदी, राजकुमार थापा र सुमन शर्मा चौलागाईं रहेका छन्।

अधिवेशन सम्पन्न गर्न संघको आगामी दिनको बैठकबाट निर्वाचन समिति गठन गर्ने सहमति भएको जनाइएको छ ।

बैठकले अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न र सदस्यता विस्तार र नवीकरण अभियानलाई आ-आफ्नो ठाउँबाट सहयोग र समर्थन पुर्याउन पोर्चुगलस्थित सम्पुर्ण संघ- संस्थाका प्रतिनिधि र नेपाली समुदायमा हार्दिक आग्रह गरेको समाचार प्राप्त भएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।