संघसंस्था गतिविधिसाइप्रस न्युज

चितवन सेवा समाज साईप्रसको तेस्रो अधिवेशन जुलाई २५ तारिखमा हुने

शेयर गर्नुहोस्

साईप्रस , युरोप , सारा चितवन जिल्लाको विकासमा पहुच पुगाउने उद्देश्यले स्थापना भएको चितवन सेवा समाज साईप्रसको तेस्रो अधिवेशन यही जुलाई २५ तारिख आईतवार हुने भएको छ । समाजकी अध्यक्ष कबिता भण्डारीका अनुसार समाजको ५औ बार्षिक उत्सव तथा अगामी कार्यकालका लागि नया सदस्यता समेत खोलिएको जानकारी दिनुभयो ।

साईप्रसमा बसोबास गरिरहेका सारा चितवनबासीहरु सस्थामा अबद्ध भएर चितवन जिल्लाको विकास निमार्णमा सहयोग साथ दिनका लागि भएपनि एकजुट हुन अध्यक्ष भण्डारीले अनुरोध गर्नुभएको छ ।अधिवेशन साइृप््रस सरकारले कोभिड सम्बन्धि तोकेको मापदण्ड बमोजिम गरिने अध्यक्ष भण्डारीको भनाई छ ।

चितवन सेवा समाज साईप्रस नितान्त समाजिक सस्था भएको नाताले सारा साईप्रसमा रहनुभएका चितवनबासीहरुले सम्बन्धित प्रतिनिधिहरुसगं बेलैमा सम्पर्क गरि सदस्या लिनका लागि अनुरोध गरिएको समाजकी प्रथम उपाध्यक्ष सबि थापाले जानकारी दिनुभयो । उपाध्यक्ष थापाका अनुसार समाजले चितवनमा रहेका ८ जना अनाथ बालबालिकाहरुलाई आफनै खर्चमा स्थापना काल देखि नै पढाउदै आईरहेको महासचिव विमल पुरीले बताए ।

शेयर गर्नुहोस्

One thought on “चितवन सेवा समाज साईप्रसको तेस्रो अधिवेशन जुलाई २५ तारिखमा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *