साइप्रस न्युज

साइप्रसको अदालतले एक बलात्कारीको सजाय ४ वर्ष थपेर १२ वर्ष बनायो

शेयर गर्नुहोस्
समिम मियाँ
२० जुलाई २०२१ /लिमासोल

साइप्रसको सर्वोच्च अदालतले एक बलात्कारीको ८ वर्ष को जेल सजायलाई ४ वर्ष थप गरि १२ वर्ष गरिदिएको छ। राज्यको अपिललाई कायम राख्दै अदालत ले सजाय थप गरेको हो।

गत वर्ष आपराधिले  पापोसको पोलिस एरियामा तीन बलात्कार र बलात्कार को  प्रयास गरेको मुद्दामा सुनुवाई गर्दै पापोस आपराधिक अदालतले आठ साल को जेल सजाय तोकेको थियो।

अपराधी माथि बलात्कार सहित मारपीट र  चोरी को आरोप लगाइएको थियो।

तर राज्य द्वारा सो सजाय कम भएको भनि सर्वोच्च अदालतमा अपिल गरे पछि सो मुद्दाको उच्च अदालतमा  पुन: सुनुवाई गरिएको हो।

सर्वोच्च अदालतले तल्लो अदालतको तर्कलाई यथावत राख्दै अपराधी को जेल सजायलाइ थपेको हो।

अपराधीले  पछिल्लो वर्ष पापोस  मा एक्लो महिला भएको घर मा घुसेर  महिला माथि रेप गर्ने गर्दथ्यो  । केहि  महिला ले विरोध गरेर अपराधी संग डटेर मुकाबला गरे पछि भाग्ने गरेको पनि पाइएको थियो।

यो पनि पढ्नुहोस :

साइप्रसमा गर्भवती बहिनि को हत्या गर्ने दाइलाई २५ वर्षको जेल सजाय

१९ जुलाई २०२१/ लिमासोल

आफ्नै बहिनिको हत्या गरेको अपराध मा लार्नाकाको  एक व्याक्तिलाई  आज अदालतले २५ वर्ष को जेल सजाय सुनाइएको छ।

२४ वर्षका इलियास हर्पस ले गत वर्ष मे महिना मा आर्मी जी-३ राइफल सफा गर्ने क्रम मा २१ वर्षीय मारिया हर्पसको टाउको मा गोलि लागेको बताएका थिए।  तर प्रहरी अनुसन्धान मा उनले झुट बोलेको र नियतबस नो हत्या गरेको प्रमाण फेला परेको थियो।

२१ वर्षीय मारिया को जन्मदिन को दिन नै उनको हत्या भएको थियो।  मारिया २ महिनाको  गर्भवती थिइन्।

इलियास हर्पस ले आफ्नो बहिनि मार्न अन्य सड्यन्त्र गरेको पनि प्रहरी अनुसन्धान बाट खुलेको छ। मारिया को कार को ब्रेकको  तार कटर ले काटिएको पाइएको थियो।

अनुसन्धानमा अपराधीले ब्रेक फेल गराउने नियत ले ब्रेक को तार काटेको पनि स्वीकार गरेका छन्।

हर्पन माथि हत्या, आर्मीबाट हतियार चोरी र क्षति पुर्याउने नियतले  ब्रेक मा छेडछाड गरेको आरोप लगाइएको थियो।

सो घटना गत वर्ष मे ५ तारिख २०२० मा लार्नाकाको क्लाब्दिया भिलेज मा घटेको थियो।

यो पनि पढ्नुहोस् : साइप्रसमा ट्रोल र मिम बनाएर नथाक्ने अनिल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।