संघसंस्था गतिविधिसाइप्रस न्युज

सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साइप्रसको प्रथम अधिवेशन सम्पन्न

शेयर गर्नुहोस्

१९ अगस्ट २०२१/ लिमासोल 

साईप्रस। नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साइप्रसको प्रथम अधिवेशन सम्पन्न भएको छ । अनलाइन  माध्यम बाट गत बुधबार सम्पन्न भएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका प्रमुख अभियन्ता कृप थापाको सभापतित्वमा भएको प्रथम अधिबेशन कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष धन बहादुर बलायर रहनुभएको थियो।

विशिष्ट अथितिमा सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत बहादुर थापा,अन्तर्राष्ट्रिय समितिका सचिव उमेश जोशी,नेपाल संयोजक चेत बहादुर थापा,द-एसिया संयोजक दिनेश खड्का’खप्तडी रहनुभएको थियो।

कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्यलाई आत्मसात गर्दै साईप्रसमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिम वासी हरूको विशेष सक्रियतामा साईप्रसमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको छाता संगठनको रुपमा स्थापना भएको शुदुरपश्चिम नेपाली समाज साइप्रसकी नब नियुक्त महासचिव रमिता चन्द रितु ले जानकारी दिनुभयो।

त्यस्तै, राष्ट्रिय समिति मलेसियाका संरक्षक समिर मल्ल,राष्ट्रिय समिति कतारका अध्यक्ष प्रेम चलाउने,प्रवासी नेपाली मन्च साईप्रसका अध्यक्ष लोकराज रोकामगर ,एनआरएनए साईप्रसका नव निर्वाचित अध्यक्ष कुन्दन कार्की , जनप्रगतिशील मन्च साईप्रसका सचिव केशव ठकुरी, जनसम्पर्क समिति साईप्रसका सभापति सिता अर्याल ,समाजसेवि धातान्नद पाण्डे, लगायत रहेका थिए ।

अधिवेशनबाट  संरक्षकमा कृप थापा र सल्लाहकारमा  कुमार सिंहलाई चयन गरेको छ।  साथै डम्बर बहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय  राष्ट्रिय समिति सर्वसहमत चयन गरिएको छ।

उपाध्यक्षमा नृप साउँद,लक्ष्मी कुमारी थापा, महासचिवमा रमिता चन्द (रितु),सचीवमा धिराज खड्का, कोषाध्यक्षमा,अनिल जङ्ग सिंह,सदस्यहरु मा  धुर्व ढकाल,गिता शाही,आशिष बम,रमेश बजगाई,कैलाश चन्द,राजेन्द्र साउद,साजन छेत्री किशोर मल्ल ,चेतन चन्द रहेका छन् ।

यो पनि पढ्नुहोस् : साइप्रसमा कुक को डिमाण्ड, तलब एक लाख २६ हजार

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।