साइप्रस न्युज

शुक्रबार मौसम विभाग को Yellow Warning, वन विभाग Red Alert मा

शेयर गर्नुहोस्

१९ अगस्ट २०२१/ लिमासोल 

साइप्रसको मौसम विभागले शुक्रबार तापक्रम बढ्ने भन्दै सतर्कताको लागि पहेलो सतर्कता संकेत Yellow Warning   जारी गरेको छ। पुर्वानुमनकर्ता का अनुसार बिहिबार रात समुन्द्र तटीय क्षेत्रमा २३ डिग्री सेल्सियस र अन्य स्थान मा १९ डिग्री सेल्सियस तापक्रम पुग्ने छ भने शुक्रबार तापक्रममा ह्वातै बढ्ने छ।

मौसम विभागले शुक्रबार ४० डिग्री र पहाडी इलाकामा ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गर्दै दिउँसो १ बजे देखि ४ बजे सम्म Yellow Warning   जारी गरेको हो।

शनिवार पनि गर्मि उस्तै रहे पनि मध्यान्न र दिउँसो पख भने बादल लाग्न सक्ने अनुमान छ।

तापक्रम बढ्ने मौसम विभागले बताए पछि  सम्भावित आगलागी को खतरा हुन् सक्ने भन्दै बन विभागले पनि ‘रेड अलर्ट’ जारी गरेको छ।

आगलागी हुन सक्ने सम्भावना भएका कुनै पनि कार्य गर्दा अत्यन्तै सतर्कता अपनाउन वन विभागले सर्वसाधारण मा अनुरोध गरेको छ।

पिकनिक स्थल मा जाँदा पनि अनुमति दीएको निश्चित स्थान मा मात्र खाना बनाउन आग्रह गरेको छ।

बिना अनुमति आगो बाल्ने र ढडेलो लगाउनेलाई २०१२ को कानुन अनुसार १० वर्ष को जेल सजाय र पचास हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ साथै १९८८ को कानुन अनुसार पांच वर्ष जेल वा बिस हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

कहिँ कसैले मा धुवाँ वा आगो देखे वा जंगल आसपास देखेमा बन विभाग को हेल्प लाइन नम्बर 1407 वा आगलागी नियन्त्रण विभाग को नम्बर ११२ मा जानकारी दिन बन विभाग ले अनुरोध गरेको छ।

यो समाचार पनि पढ्नुहोस् : “समर होलिडे ” सुरु हुना साथ चोरी को घटना बढ्यो, प्रहरी सक्रिय

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *