साइप्रस न्युज

आज मौसम विभाग को Yellow Warning,गर्मि बढ्ने, वन विभाग Red Alert मा

शेयर गर्नुहोस्

२५ अगस्ट २०२१/ लिमासोल

साइप्रसको मौसम विभागले आज तापक्रम बढ्ने भन्दै सतर्कताको लागि पहेलो सतर्कता संकेत Yellow Warning   जारी गरेको छ। पुर्वानुमनकर्ता का अनुसार मंगलबार  राती  समुन्द्र तटीय क्षेत्रमा २२  डिग्री सेल्सियस र अन्य स्थान मा २३  डिग्री सेल्सियस तापक्रम पुगेको थियो  भने आज तापक्रम मा वृद्धि हुने छ ।

मौसम विभागले आज देशको आन्तरिक भागमा  ४० डिग्री र पहाडी इलाकामा ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गर्दै दिउँसो १ बजे देखि ४ बजे सम्म Yellow Warning   जारी गरेको हो।

बिहिबार पनि गर्मि उस्तै रहे पनि मध्यान्न र दिउँसो पख भने बादल लाग्न सक्ने अनुमान छ।

तापक्रम बढ्ने मौसम विभागले बताए पछि  सम्भावित आगलागी को खतरा हुन् सक्ने भन्दै बन विभागले पनि ‘रेड अलर्ट’ जारी गरेको छ।

आगलागी हुन सक्ने सम्भावना भएका कुनै पनि कार्य गर्दा अत्यन्तै सतर्कता अपनाउन वन विभागले सर्वसाधारण मा अनुरोध गरेको छ।

पिकनिक स्थल मा जाँदा पनि अनुमति दीएको निश्चित स्थान मा मात्र खाना बार.बि.क्यु बनाउन आग्रह गरेको छ। खेति गर्ने कृषक ले आफ्नो खेतमा नियन्त्रित डढेलो लगाउदा  र कृषी सम्बन्धी उपकरण प्रयोग गर्दा आगो को झिल्का निस्कने  सम्भावना  भएकोले सतर्कता  अपनाउन आग्रह  गरेको छ।

बिना अनुमति आगो बाल्ने र ढडेलो लगाउनेलाई २०१२ को कानुन अनुसार १० वर्ष को जेल सजाय र पचास हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ साथै १९८८ को कानुन अनुसार पांच वर्ष जेल वा बिस हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

कहिँ कसैले मा धुवाँ वा आगो देखे वा जंगल आसपास देखेमा बन विभाग को हेल्प लाइन नम्बर 1407 वा आगलागी नियन्त्रण विभाग को नम्बर ११२ मा जानकारी दिन बन विभाग ले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस् : साइप्रस आउने नेपाली यसरी ठगिन्छन्। तुहिन्छ सपना ……..

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।