साइप्रस न्युज

ईसेवा मनी ट्रान्सफर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्झौता

शेयर गर्नुहोस्

काठमाडौं । ईसेवा मनी ट्रान्सफर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै साइप्रसमा रहेका नेपालीहरुले जीएस क्यासलाइनका ४० शाखाबाट नेपालमा ईसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउन सक्नेछन् ।

जीएस क्यासलाइनबाट पठाएको रकम ईसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्था तथा ईसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाख बढी प्रयोगकर्ताले सोझै वालेटमार्फत प्राप्त गर्ने सक्ने ईसेवा मनी ट्रान्सफरले जनाएको छ ।

सम्झौतापत्रमा ईसेवा मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र जीएस क्यासलाइनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर गरेका छन् । दुई रेमिट्यान्स कम्पनीबीचको साझेदारीले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धिको लक्ष्य राखिएको छ ।

ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत कोइरालाले जीएस क्यासलाइनको रेमिट्यान्स भुक्तानी सम्झौताबाट आफूहरु निकै उत्साहित रहेको बताए । ‘साइप्रसमा रहनुभएका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ,’ उनले भने ।

जीएस क्यासलाइनका प्रमुख कार्यकारी अधिकृत स्ट्याव्रोले यस सम्झौताले साइप्रसमा रहने नेपालीलाई भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने बताए ।

अनलाइन खवर मा प्रकाशित सामाग्री

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “ईसेवा मनी ट्रान्सफर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Comments are closed.