संघसंस्था गतिविधिसाइप्रस न्युज

साइप्रसमा माघे सकराती साँस्कृतिक कार्यक्रम हुने , गायिका ज्योति मगर आउदै

शेयर गर्नुहोस्

मगरहरुको मौलिक सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। आउँदो जनवरी १४ तारिख मा लिमासोल को फेन्टासटिक हल आयोजना हुने कार्यक्रममा चर्चित गायिका ज्योति मगरको प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ।

गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचार को लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित “मगर- अक्षयकोष” को सहयोगार्थ सो कार्यक्रम गर्न लागिएको संस्थाका महासचिव यज्ञ राना मगरले जानकारी दिए।

कार्यक्रममा मगर संस्कार, संस्कृति र भेषभुषा, भोजन  र परम्परागत नृत्य लाई दर्शकले नजिक बाट अनुभव गर्न सकिने गरी आयोजकले तयारी गरेका छन्।

कार्यक्रम कि मुख्य आकर्षण राष्ट्रिय कलाकार गायिका ज्योति मगरको सांगीतिक प्रस्तुति रहने छ भने स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुति दिने छन्।  साथै  कौडा तथा सालैजो नृत्य पनि प्रस्तुत हुने आयोजकले बताए।  गायिका ज्योति मगरको  “जिमल बाउ कि छोरी”,  “उही मुलाको सिन्की उही मुलाको चाना” , “बबाल छ”, “पिरतिमा दम छ”, “ओइ ज्योति”, “इसारा के गरि “, “छोटो चोली”, ” गर्न मन छ किस ” लगायत थुप्रै गितहरु चर्चित छन्।

स्थानिय कलाकारहरु बिनिता मगर, सियाना मगर, युनिसा मगर, शिला बस्नेत, सरिता बराइली र बसन्ती लामाले आफ्नो सांगीतिक प्रस्तुति दिने तयारी छ।

मगरात सभ्यता सहितको सम्वृद्ध मगर समाज को नारा सहित स्थापित नेपाल मगर संघ युरोप शाखा साइप्रस ले हरेक वर्ष माघे सकराती मनाउदै आएको छ।

आयोजक पक्ष ले साइप्रस भरिका विभिन्न शहर बाट बस सुविधा उपलब्ध गराएको छ। साथै कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ।

Pafos

  • Yajna Rana :- 96657796 
  • khagen Rana :- 96103145
  • Chintan Budha :- 96772499 
  • Piyush Ghale :- 96869337
  • Tsering Yangzom Sherpa :- 95538420 
  • Reshma Limbu :- 96615190

 

Limassol

  • Samir Budha:- 95603930
  • Krishna Thapa:- 96858286
  • Sapana magar:- 95199988 
  • Eliya Limbu:- 95583839 
  • Nabin Chaulagain:- 96316782
  •  Rooshan Bhattarai:- 94045217 
  • Thakuri Jung Royal:- 96889014

 

Ayianapa/Paralimni

  • Jasu pun magar:- 96517955 
  • Nanu Gomja :- 96739953 
  • Kundan Lama :- 96127758 
  • Laxmi Adhikari:-96240121

 

Larnaca

  • Kham Maya Pun:- 96426195 
  • Keshab Chand :- 96631005 
  • Nabin Rai:- 96934190
  • Amar Malla :-96251512
  • Manisha Aryal :-96682779

 

Nicosia

  • Sushma Pun:- 96414536
  •  Niru Rana :- 96670197 
  • Hope Baijali Magar :- 96365729 
  • Bishnu Thapa :- 96615057
  • TB Rana :-99159128 
  • Amrita Magar:- 96027319 
  • Ashma Khaptadi Basnet :- 97613433 
  • Kiran Magar:- 96938387

यो पनि पढ्नुहोस् : इसेवा मनि ट्रान्सफर र क्यासलाइन बीच रेमिटेन्स भुक्तानी सम्झौता 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “साइप्रसमा माघे सकराती साँस्कृतिक कार्यक्रम हुने , गायिका ज्योति मगर आउदै

Comments are closed.