संघसंस्था गतिविधिसाइप्रस न्युज

किराँत याक्थुङ चुम्लुङ साइप्रसको चासोक तङ्नाम कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस्

किराँत याक्थुङ चुम्लुङ साइप्रस ले चासोक तङ्नाम ५०८३  भव्य रुपमा मनाएको छ।
येले तङ्बे ५०८३ को  पावन अवसरमा लिमासोल स्थित  ब्रीटानिया हलमा  शुभकामना आदानप्रदान  तथा साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाएको हो ।

विभिन्न संघसंगठन का प्रतिनिधि ,समाजसेवि र दर्शकको  बाक्लो उपस्तिथि रहेको कार्यक्रम केलाङ र यालाङ लगायतका विभिन्न मौलिक संस्कृती झल्काउने नृत्यहरु प्रस्तुत गरिएको थियो। केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ  विशेषगरी चाडपर्व , सभा तथा विवाह  इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ।

परम्परागत धान नाँचमा अतिथि र दर्शकलाई सहभागि गराउदै प्रमुख आकर्षण गायक सुरेन गायक ताम्लिङले माहोल मनोरञ्जनात्मक बनाए भने स्थानीय कलाकारहरुको दमदार साङितिक प्रस्तुतिले कार्यक्रम उत्कृष्ट बन्यो।

विगतका वर्ष मा पनि नेपाल बाट राष्ट्रिय कलाकार बोलाएर  किराँत याक्थुङ चुम्लुङ साइप्रसले चासोक तङ्नाम मनाउदै आएको छ।

साइप्रसमा गायिका  ज्योति मगर कार्यक्रमका लागि आउदै  तल फोटो मा क्लिक गरि जानकारी पढ्नुहोस् :

Jyoti Magar | Photo Source: OnlineKhabar
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।