स्वास्थ्य

मालिस किन गर्ने ? हेर्नुहोस् मालिसका फाइदाहरु।

शेयर गर्नुहोस्

–डा. हेमराज कोइराला

मालिस अत्यन्त लोकप्रीय प्राकृतिक उपचार विधि हो । मौषम परिवर्तन, वातावरणीय प्रदूषण, गलत आहार–बिहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, मानसिक तनाव, व्यायाम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिका कारणले शरीरका साम्य अवस्थामा रहेको पञ्च महाभूतहरूको असन्तुलन पैदा भएर विभिन्न किसिमका रोगहरूको जन्म हुने गर्दछ ।

फलतः व्यक्ति रोगी हुन पुग्दछ । प्राकृतिक चिकित्साको सिद्धान्तअनुसार यी असन्तुलित पञ्चमहाभूतहरूलाई साम्य अवस्थामा ल्याएर सन्तुलित गराएमा रोगी पुनः स्वस्थ्य जीवनमा फर्कन्छ ।

पञ्चमहाभूत सन्तुलनका लागि प्राकृतिक चिकित्सामा विभिन्न किसिमका उपचार विधीरु छन् जसमध्ये तेल मालिस पनि एउटा उपचार पद्धति हो ।

स्वस्थ व्यक्तिले तेल मालिस योग्य मालिस कर्तासँग गराउन सक्छन् भने रोगीले मालिस गराउनु पूर्व प्राकृतिक चिकित्सकको परामर्श लिन जरुरी छ । चिकित्सकले मालिस गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति रोगका कारणले उत्पन्न विकृति, पञ्चमहाभूतहरूको अवस्था, व्यक्तिको बल, बय (उमेर) र रोगावस्था आदिको वारेमा पूर्णँ जानकारी लिनेछन् ।

मालिसको प्रकार, समय, मालिसको कला र स्नेहन द्रव्य (तेल) छनोट व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ । रोगीको रोगलाई हेरेर रोग सामक तेलको प्रयोग नै तेल मालिसको विशेषता हो ।

यी औषधिय द्रव्यहरुको क्रिया र मालिस कलाको संयोजन नै तेल मालिस हो ।

मालिस गर्नुका फाइदाहरु

व्यस्तताले भरिएको तनावग्रस्त आधुनिक जीवनशैलीका लागि तेल मालिस अमृत समान हो । विशेषतः कफ तथा वाथ रोगहरुमा तेल अत्यन्त लाभदायक छ ।

तर, ज्वरो आएको, घाउ खटिरा भएको, एकाएक सुन्निएको अवस्थामा मालिस गराउनु हुँदैन । उपयूक्त औषधिय द्रव्यहरुको छनोट गरेर गराइएको मालिसले स्वस्थ्य जीवन चाहने जो कोहिलाई पनि पोषण गर्दछ ।

 

– निद्रासम्बन्धि समस्याहरु जस्तै, निद्रा नआउने, बिचबिचमा निद्रा टुटिरहने, गहन तथा आरमदायी निद्राको अवस्थासम्म पुग्न नसक्ने, सपना ज्यादा देख्ने, निद्रामा बरबराउने आदि समस्यमा लाभदायक छ ।

– त्वचाको रक्तसंचारलाई बढाएर भोजनबाट प्राप्त पोषक तत्वहरु र अक्सिजनलाई तुलनात्मक रुपले कम रक्तसंचार हुने, त्वचाको बाह्य स्थानसम्म पु¥याई पोषण प्रादन गर्दछ । फलतः मृत कोषहरु हटाएर त्वचालाई सुन्दर बनाउछ ।

– दिशा, पिसाप, पसिना जस्ता विजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।

– जोर्नीहरुको कार्यक्षमता बढाई शारीरिक तन्दुरुस्तीलाई जीवन्त राख्न सहयोग गर्छ ।

– इन्द्रियहरु निर्विकार हुन्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रंग चुस्त रहन्छन् ।

– तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जिवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा तेल मालिस सहायक छ ।

– कम उमेरमै देखा परेका बुढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने, चाउरी पर्ने, त्वचाको प्राकृतिक रंग उग्लिने, हाड जोर्नीहरु खिइने, रगतका नसाहरू साघुरिएर रक्तचाप वढ्ने जस्ता समस्यामा लाभकारी छ ।

– धातु क्षयलाई रोक्दछ । अनुहारमा चमक ल्याउदछ ।

यो पनि पढ्नुहोस् : अनुहारको छाला चम्किलो बनाउने घरेलु उपायहरु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।