प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाल तामाङ घेदुङ साइप्रसको पाँचौं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस्

निकोसिया , साईप्रस , तामाङ जातिको उत्थान भाषा,धर्म र संस्कृतिको संम्वर्द्धन भन्ने मूल नाराका साथ सन २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस पाँचौं बार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

घेदुगंकी अध्यक्ष लक्ष्मी ब्लोनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बार्षिक प्रगति प्रतिबेदन , आर्थिक एवमं सांगठनिक प्रतिबेदन , अगामी बर्ष गरिने कार्ययोजनाहरुको बारेमा निति तथा योजना लगाएतका बारेमा छलफल भएको थियो । आर्थिक वर्ष २०२१ ०२२ को आर्थिक प्रगति प्रतिवेदन २१ को आय तथा व्ययको प्रक्षेपण कोषाध्यक्ष सुनि मायाँ तामाङले प्रस्तुत् गर्नु भएक थियो।

भने अनुशासन तथा मूल्याङ्कन विभागद्धारा तयार पारिएको दुईवर्षिय कार्ययोजनाको पहिलो एक वर्षको मूल्याङ्कित् वार्षिक प्रगति प्रतिवेदन २०२१ को कार्यवाहक प्रमुख अनु घिसिङ तामाङले प्रस्तुत गर्नु भएको थियो। नेपाल तामाङ घेदुङ साइप्रसको दुईवर्षिय निति तथा योजना २०२१ ०२२ को मध्यावधी मूल्याङ्कन र एकवर्षिय कार्य योजना २०२१ को समीक्षा गरि परिमार्जन सहित आगामी वर्षको निति तथा योजना २०२१र०२२ प्रस्तुत् अध्यक्ष लक्ष्मी ब्लोन तामाङले गर्नु भएको थियो ।

कार्यक्रमलाई सफल बनाउनका लागि युवा विभागका विभागीय सदस्य सुवास तामाङ र असुनी तामाङले स्वयंसेवकको भूमिका निर्वाह गर्नु भएको थियो। त्यसै गरि नेपाल तामाङ घेदुङ साइप्रसको पाँचौँ वार्षिकोत्सव सभ्य र भव्यताका साथ सम्पन्न गर्नुको निमित्त कार्यक्रम सनचालन सह कोषाध्यक्ष रञ्जना ब्लोन तामाङदे भूमिका निर्वाह गर्नु भएको छ।

कार्यक्रममा घेदुगंकी प्रमुख सल्लाहकार साङमो थोकर तामाङ , सल्लाहकार एवमं समाजसेबी नानू गोम्जा तामाङ , उपाध्यक्ष सुनिला दोङ तामाङ लगाएतले शुभकामना दिनुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *