कोरोनासाइप्रस न्युज

साइप्रसमा आज ८३५ मा संक्रमण, ३ को मृत्यु

शेयर गर्नुहोस्

२० डिसेम्बर २०२१/ पारालिम्नी

कोरोना भाइरस संक्रमणमा कारण सोमबार ३  जनाले ज्यान गुमाएका छन्। सोमबार देश भरि गरिएको एक लाख छ हजार चार सय त्रियासी  मध्य आठ सय पैतिस जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

कोरोना को संक्रमण बढे संगै हस्पिटल भर्ना हुने बिरामी को संख्यामा पनि वृद्धी भएको छ।  देश भरिका हस्पिटल मा १७९ जना बिरामी भर्नारत छन्।  जसमध्य ६० जना को अवस्था गम्भीर छ। मन्त्रालयका अनुसार भर्ना भएका ८१ % बिरामी खोप नलागेका बिरामी हुन्।

सरकारले खोप खोप लगाउन बारम्बार आग्रह गरिरहे पनि केहि प्रतिशत जनातले खोप लगाई सकेका छैनन्।  खोप लगाउन देश ब भरिमा हप्ताको ६ दिन बिहान ८ बजे देखि बेलुकी ६ बजे  सम्म खुल्ला रहने गरि खोप केन्द्र संचालन गरिरहेको छ।द

दुइ डोज पुरा भै सात महिना पुगी सकेका व्याक्तिले बुस्टर डोज लगाउन सकिने बताइएको छ।

लार्नाका र पापोस एयरपोर्ट मा आगमन हुने छ हजार छ सय पांच जना यात्रु को कोभिड टेस्ट गर्दा ४९ जनामा संक्रमण  देखियो भने विभिन्न स्कुल मा ५५ जनामा कोरोना संक्रमित पाइयो।

अन्य भने सरकारी टोलि, प्राइभेट ल्याब, नर्सिङ्ग हाउस लगायत का स्थान मा परिक्षण गर्दा संक्रमण भेटिएको हो।

महामारी फैलिए देखि हाल सम्म 145,996 जना संक्रमित भै सकेका छन्।

यो पनि पढ्नुहोस् : कोभिड खोपको विकल्प: एन्टी कोभिड चक्की साइप्रसमा छिटै उपलब्ध हुने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।