साइप्रस न्युज

लिमासोल हिँसा : रास्ट्रपति देखि मेयरसम्म कसले के भने ? के के भयो शुक्रबार ?

शेयर गर्नुहोस्

के के भयो शुक्रबार राती ?

लिमासोलमा गए राति  घटनाले साइप्रस तातिएको छ।  शुक्रबार साँझ भएको “एन्टी माइग्रेन्ट ” जुलुसले मोलोस र आसपासका क्षेत्रमा वितण्डा मच्चाएको थियो।  “रिफ्युजी नट वेलकम ”  लेखिएको ब्यानर सहित नारा लगाउदै आएको करिब दुइ सय जनाको भिडले विदेशी नागरिक द्वारा संचालन गरेको  विभिन्न व्यवसाय मा तोडफोड , आगजनी, लुटपाट गरि  क्षति पुर्याएको छ।

मास्कले अनुहार छोपेका र  हुडि लगाएका व्याक्ति को हुलले मोलोस आसपासमा रहेका खास गरि सिरियन नागरिकले संचालन गरेको व्यावसायमा धावा बोलेका थिए।  भियतनामी नागरिकले संचालन गरेको मिनी मार्केट पनि तोडफोड गरि क्यास काउण्टर बाट नगद पनि लुटिएको छ भने बार्बर सप फोडेको भिडियो पनि सार्वजनिक भएको छ ।

भिडले  मोलोस पार्किंग स्थलमा राखिएको एउटा  कार र मोटरसाइकल मा पनि आगजनी  गरेको थियो। हुडि लगाएका व्याक्तिले लिमासोल पोर्ट का प्रमुखलाई पनि कुटपिट गरि मोबाइल लुटेर लागेको छन् भने समुन्द्र छेउ मा घुम्न गएका केहि व्याक्तिलाई निर्घात हुने गरि कुटपिट गरेको स्थानिय मिडियाले जनाएका छन्।

सडक बीचमा  फोहोरका कन्टेनर लडाएर रोड बन्द गरि नाराबाजी गर्दै अघि बढेको भिडले पटका पड्काउदै प्रहरी र मिडिया कर्मी माथि पनि आक्रमण को प्रयास गरेको बताइएको छ।  प्रहरीले केहि राउण्ड आँश्रु ग्यास पनि फायर गरेको मिडिया रिपोर्ट मा बताइएको छ।

प्रहरी को बाक्लो उपस्थिति भए पनि केहि नगरेको  स्थानिय व्यवसायीले गुनासो गरेका छन्।  बार्बर सपका संचालकलाई कुटपिट गरि रहदा प्रहरी ले केहि नगरेको, एक युवकलाई केहि मास्क धारीले मरेतुल्य हुने गरि कुटपिट गर्दा समेत प्रहरी मुकदर्शक बनि बसेको गुनासो स्थानिय मिडियामा प्रकाशित अंतर्बर्तामा आएको छ।

उक्त हिँसामा करिब पांच जना निर्दोष विदेशी श्रमिक घाइते भएकाले केहिलाई उपचारको लागि हस्पिटल पठाइएको थियो।

राष्ट्रपति देखि मेयर सम्म कसले के भने ?

लिमासोल को हिँसा बारे राष्ट्रपति निकोस क्रिस्टोदुलिदेशले एक आकस्मिक बैठक गरि घटना बारे जानकारी लिए। आन्तरिक मामिला मंत्री, न्याय तथा कानुन मंत्री, प्रहरी प्रमुख  लगायत का मंत्री स्तरीय बैठकमा   सो घटनामा  नियम कानुनको पालना गराउन प्रहरी चुकेको  कुरा स्वीकार गरिएको थियो। रास्ट्रपतिले लिमासोल घटना शर्मनाक भएको र यसको जिम्मेवार व्याक्तिहरुले पनि लाज मान्नु पर्ने बताए।  हिंसामा क्षति पुगेका हरु संग सरकार साथ मा रहेको र  सरकारले क्षतिपूर्ति व्यव्होर्ने जिकिर गरे।

यता, लिमासोल सिटि का मेयर ले  घटना को कडा शब्दमा भत्सना गरे। राज्यको सक्षम एजेन्सीले  खास गरि नियम कानुन को पालना गराउनु , व्याक्तिगत तथा सार्वजनिक सम्पति र जनधनको  सुरक्षा  गर्नु पर्ने बताए।  शनिवार घटनास्थल मा अनुगमन गर्न पुगेका मेयरले सार्वजनिक र व्याक्तिगत सम्पतिलाई क्षति पुर्याउनु तथा मानव जीवनमा हानि पुर्याउने कार्य अस्वीकार्य भएको बताए।

को को पक्राउ परे ?

हाल सम्म जुलुस को आयोजक सहित १३ जना संदिग्द व्याक्तिलाई हिरासत मा लीइएको प्रहरीले जनाएको छ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।