मनोरंजनसाइप्रस न्युज

तीज कार्यक्रममा गायिका रचना रिमाल साइप्रस आउँदै

शेयर गर्नुहोस्

एसएम इभेन्ट्स, इन्टरटेन्टमेन्ट एन्ड ट्राभल्स सोलुसनले तीज धमाका २०२३ कार्यक्रम आयोजना गर्न लागेको छ। आगामी सेप्टेम्बर १७, आइतबार लिमासोल निकोसिया हाइवे स्थित ट्रीकिस प्यालेस हल मा राष्ट्रिय कलाकारका साथ सांस्कृतिक कार्यक्रम गरि तीज मनाउन लागिएको हो ।

हिन्दु नारी को महान पर्व तीजको अवसरमा तीज कै दिन पारेर विशेष बृहत साँस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजक सुवास मल्लले जानकारी दिए। नेपाली संस्कार तथा संस्कृतिलाई प्रवासमा रहदा पनि नेपाल जस्तै अनुभव होस भन्ने हेतुले राष्ट्रिय कलाकार सहित विशेष कार्यक्रम गर्न लागेको आयोजकले बताए।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा एसएम इभेन्ट्सले नेपालबाट चर्चित गायिका रचना रिमाललाई ल्याउन लागेको छ। गायिका रिमाल साइप्रस आउने भएपछि, यहाँका नेपाली दर्शको उनको साङ्गितिक प्रस्तुति हेर्न उत्साहित रहेको आयोजक पक्षले जानकारी गराए ।

गायिका रिमाल  नेपालको चर्चित गायन प्रतियोगिता नेपाल आइडल बाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हुन्। उनी २०२० को नेपाल आइडल प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृष्ट ८ सम्म पुगेकी थिइन्। रिमाल नेपाल आइडल बाट बाहिरिएपछि ‘फोटो फिरिमा’ बोलको गीतबाट चर्चामा आएकी हुन् । ‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु  रुचाइएका छन् । लोकप्रिय गायिकाको सांगीतिक प्रस्तुति सहित साइप्रसमा स्थापित स्थानिय कलाकारहरुले पनि कार्यक्रममा थप मनोरंजन प्रदान गर्ने तयारी रहेको छ।


युरोप सहित नेपाली सांगीतिक आकाशमा चर्चित अर्का गायक तुलसी सिवाकोटी पनि कार्यक्रमका अर्का मुख्य आकर्षक हुन् । युरोपभरीका नेपाली विच चिरपरिचित गायक सिवाकोटीको जोडदार सांगीतिक प्रस्तुति रहने बताइएको छ। गायक सिवाकोटीसङ दर्शकलाई उफारी उफारी भरपुर मनोरञ्जन प्रदान गर्ने कला छ । गायक सिवाकोटीको गला र दर्शक उफार्ने कलाले गर्दा साइप्रसमा हुने कार्यक्रममा हरेक वर्ष उनलाई बोलाउने गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा तीज को लागि दर खाने व्यवस्था गरिएको छ भने कार्यक्रम स्थल सम्म आउन जान सबै शहरबाट बस को सुविधा उपलब्ध गरिएको छ।
खाना र बस सुविधा सहित टिकट को मूल्य 15 युरो निर्धारण गरिएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमलाई चितवन सेवा समाज साइप्रस, नेपाल मगर संघ साइप्रस,सुदूरपश्चिमेली नेपाली समाज साइप्रस, नेपाली जनप्रगतिशील मंच साइप्रस ले सहकार्य गरेका छन् भए प्रवास बुलेटिन र साइप्रस-नेपाल डट कम अनलाइन मिडिया पार्टनर रहेका छन् ।

टिकट बुक गर्न को लागि निम्न व्यक्ती संग सम्पर्क गर्न सकिन्छ।

𝙿𝚊𝚏𝚘𝚜, 𝙽𝚎𝚠 𝙱𝚞𝚜𝚙𝚊𝚛𝚔 – 9 : 00 𝚊𝚖.
🔹𝐊𝐡𝐚𝐠𝐞𝐧 𝐑𝐚𝐧𝐚 𝐌𝐚𝐠𝐚𝐫 – 96103145
🔹𝐘𝐚𝐠𝐲𝐚 𝐑𝐚𝐧𝐚 𝐌𝐚𝐠𝐚𝐫 – 96657796
🔹𝐑𝐞𝐬𝐡𝐦𝐚 𝐋𝐢𝐦𝐛𝐨𝐨 – 96615190


𝙻𝚒𝚖𝚊𝚜𝚜𝚘𝚕, 𝚂𝚞𝚗𝚍𝚊𝚢 𝙼𝚊𝚛𝚔𝚎𝚝 – 9 : 00 𝚊𝚖.
🔹𝐍𝐚𝐛𝐢𝐧 𝐂𝐡𝐚𝐮𝐥𝐚𝐠𝐚𝐢𝐧 – 96316782
🔹𝐏𝐚𝐬𝐢 𝐒𝐡𝐞𝐫𝐩𝐚 – 96406444
🔹𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚 𝐓𝐡𝐚𝐩𝐚 𝐌𝐚𝐠𝐚𝐫 – 96991735
🔹𝐊𝐫𝐢𝐩𝐚 𝐆𝐡𝐢𝐬𝐢𝐧𝐠 – 95540826
🔹𝐄𝐥𝐢𝐲𝐚 𝐋𝐢𝐦𝐛𝐨𝐨 – 95583839


𝙽𝚒𝚌𝚘𝚜𝚒𝚊, 𝚁𝚘𝚞𝚗𝚍𝚊𝚋𝚘𝚞𝚝 𝚜𝚞𝚗𝚍𝚊𝚢𝚖𝚊𝚛𝚔𝚎𝚝 – 9 : 00 𝚊𝚖.
🔹𝐑𝐚𝐦𝐢𝐭𝐚 𝐂𝐡𝐚𝐧𝐝 𝐑𝐢𝐭𝐮 – 96253374
🔹𝐀𝐬𝐡𝐦𝐚 𝐁𝐚𝐬𝐧𝐞𝐭 – 97613433


𝙻𝚊𝚛𝚗𝚊𝚌𝚊, 𝙾𝚕𝚍 𝚑𝚘𝚜𝚙𝚒𝚝𝚊𝚕 – 9 : 00 𝚊𝚖.
🔹𝐊𝐞𝐬𝐡𝐚𝐯 𝐓𝐡𝐚𝐤𝐮𝐫𝐢 – 96631005
🔹𝐑𝐞𝐬𝐡𝐦𝐚 𝐋𝐚𝐦𝐚 – 96332871
🔹𝐀𝐧𝐠𝐞𝐥𝐢 𝐋𝐚𝐦𝐚 – 96885328


𝙿𝚊𝚛𝚊𝚕𝚒𝚖𝚗𝚒 𝙲𝚎𝚗𝚝𝚛𝚎 – 8 : 30 𝚊𝚖, 𝙰𝚢𝚒𝚗𝚊𝚙𝚊 𝙲𝚎𝚗𝚝𝚛𝚎 – 9 : 00 𝚊𝚖.
🔹𝐍𝐚𝐧𝐮 𝐆𝐨𝐦𝐣𝐚 – 96739953
🔹𝐇𝐢𝐫𝐚𝐦𝐚𝐲𝐚 𝐓𝐚𝐦𝐚𝐧𝐠 – 96589907
🔹𝐋𝐚𝐱𝐦𝐢 𝐀𝐝𝐡𝐢𝐤𝐚𝐫𝐢 – 96246121

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।