संघसंस्था गतिविधिसाइप्रस न्युज

साइप्रसमा गाैतम बुद्ध फुटसल कप आयोजना हुदै

शेयर गर्नुहोस्

साइप्रसमा  फुटसल कप आयोजना हुन लागेको छ। साइप्रसमा रहेका नेपाली खेलप्रेमी बीच भाइचाराको  सम्बन्ध कायम राख्नका लागि  अंग्रेजि नयाँ वर्ष २०२४ काे अवसर पारेर  God Grace Club of  Futsal, Paramilni ले  पहिलो पटक  गाैतम बुद्ध फुटसल कप आयोजना गर्न लागेको हो।

डिसेम्बर ३१ तारिखका दिन पारालाम्नीमा   सो प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा १२ टिम दर्ता भै सकेका छन।

प्रथम  हुने टिमले पुरस्कार स्वरुप  एक हजार युरो, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन भने प्रथम ‘रनरअप’ हुने टिमले पाँच सय युरो, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन।  “सेकेण्ड रनरअप ” हुने टिमले पनि २५० युरो, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन्।  त्यस्तै, ‘बेस्ट प्लेयर’, ‘बेस्ट गोल किपर” र ‘टप स्कोरर’  खेलाडिले पुरस्कारमा  नगद , ट्रफी  र सर्टिफिकेट प्राप्त गर्नेछन्।

फुटसल कप प्रतियोगिताका लागि विभिन्नले ‘स्पोन्सर गरेका छन्।  आयोजकका अनुसार स्पोन्सरहरुमा नेपाल तामाङ्ग घेदुङ्ग साइप्रस, तमु समाज साइप्रस, एस एम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुशन, चितवन सेवा समाज साइप्रस, नेपाल मगर संघ साइप्रस, एनआरएनए साइप्रस, रोयल थाई मसाज प्रोतारास, लिम्बुवान संगठन लगायत रहेका छन्।

साइप्रसमा नेपाली समुदाय बीच  फुटबल प्रतियोगिता आयोजना हुने क्रम बढेको देखिन्छ। यस वर्ष   गुर्खा फुटसल कप, दशैँ तिहार फुटसल कप, एनआरएनए कप फुटबल प्रतियोगिता आयोजना  भएको थियो।

God Grace Club of  Futsal, Paramilni ले गत  गुर्खा फुटसल कप  2023 मा  ‘फर्स्ट रनरअप’ भएको थियो।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *