Paid Promotionसंघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाल तामाङ्ग घेदुङ्ग साइप्रसले सोनाम ल्होछार मनाउने

शेयर गर्नुहोस्

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व साइप्रस मा पनि मनाउने तयारी गरिएको छ।  नेपाल तामाङ्ग घेदुङ्ग साइप्रसले यस वर्ष पनि ल्होछार मनाउने भएको हो।  आगामी फेब्रुअरी ११ तारिख मा लिमासोल स्थित फ़ेण्टासटिक हलमा ‘सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम’ आयोजना  हुने घेदुङ्ग साइप्रसले जनाएको छ।

ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन्। ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ।

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायले  यो दिन हर्साेल्लास मनाउँछन्।

यस वर्ष भने मञ्जु श्री पात्र अनुसार बिरालो वर्ष  पूरा गरी ड्रागन वर्ष प्रवेश हुन्छ।

आयोजकका अनुसार यस पटक  ल्होसारमा नेपाल बाट गायक छेवाङ लामा (लाहुरे) लाई आमन्त्रित गरिएको छ। गायक  “लाहुरे” युवा बीच चर्चित नाम हो।  उनको चर्चित गित मध्य ‘केवल तिमि नै मेरो प्रेरणा” ,  ‘सरर काठमाण्डौ सहर ‘, कभर गितहरु ‘कुसुमे रुमाल’, ‘इसाराले बोलाउनु पर्दैन’, लगायत छन् ।

गायक  “लाहुरे” संगै स्थानिय कलाकारले पनि सांगीतिक प्रस्तुति पस्कने बताइएको छ।

तामाङ समुदायमा प्रचलित खाना, कला–संस्कृति, नृत्य र  भेषभूषा  पनि देख्न पाइने आयोजकले जानकारी दिएका छन्।

साइप्रसमा सन् २०१६ मा स्थापित भएको नेपाल तामाङ घेदुङ साइप्रसले तामाङ जातिको उत्थान,भाषा, धर्म र संस्कृतिकको सम्वर्द्धन” भन्ने मुल नारालाई आत्मसात गर्दै विभिन्न सामाजिक क्रियाकलाप तथा  कार्यक्रम गर्दै आइरहेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।