संघ संस्थासंघसंस्था गतिविधिसाइप्रस न्युज

एनआरएन साइप्रसको तीज कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस्

एनआरएनए साइप्रसले दर खाने कार्यक्रम सहित तीज मनाएको छ । सेप्टेम्बर १० तारिखमा निकोशिया स्थित  Antonakis music hall मा कार्यक्रम आयोजना गरि तीज मनाइएको हो।

Center for social innovation को आर्थिक सहयोगमा एनआरएनए साइप्रसले आयोजना गर्ने सो कार्यक्रम साइप्रसमा स्थापित विभिन्न संघसंस्थाको सह-आयोजनामा सम्पन्न भएको हो।

दर्शकका लागि नि:शुल्क गरिएको कार्यक्रमलाई   गैर-आवासीय नेपाली  संघ साइप्रस , Center for social innovation, लाखे क्रियसन ले आयोजना गरेका हुन् भने नेपाली जनसम्पर्क समिति साइप्रस, प्रवासी नेपाली मन्च साइप्रस, जनप्रगतीशिल मन्च साइप्रस, नेपाल मगर संघ साइप्रस, शेर्पा किदुग साइप्रस, तमु समाज साइप्रस, रुपन्देही सेवा समाज साइप्रस र चितवन सेवा समाज साइप्रसले सह-आयोजना गरेका हुन्।

तस्बिर सौजन्य : युरोप गतिविधि

एनआरएनए साइप्रस कि अध्यक्ष  राधा पोखरेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कन्सुलर प्रमुख डा. राम जीवन पंजियार, Center for social innovation का प्रतिनिधिहरु  लगायत विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो।  प्रमुख अतिथि डा. पंजियार ले तीजको शुभकामना व्यक्त गर्दै नेपाली बीच एकता र भाइचारा हुनु पर्नेमा जोड दिए। 

कार्यक्रममा CSI का प्रतिनिधिले  सुक्ष्म आक्रामकता बारे पनि जानकारी दिइएको  थियो भने  स्थानिय कलाकारले पनि भरपुर सांगीतिक प्रस्तुति दिए।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।