साइप्रस न्युज

साइप्रसले चलाखीपुर्ण तरिकाले लगायो खोप नलगाउने व्याक्तिलाई अघोषित लकडाउन

शेयर गर्नुहोस्

समिम मियाँ

कोरोना विरुद्धको खोप नलगाउने व्याक्तिलाई अस्ट्रिया  सरकारले लकडाउन मा राख्यो।  घोषित रुपमै गरिएको लकडाउन को त्यहाँका स्थानिय जनताले विरोध गरिरहेका छन्।

पछिल्लो समय युरोप भरि कोरोना संक्रमण तिव्र हुँदा साइप्रस पनि यस बाट अछुतो रहन सकेन।  गत हप्ता साइप्रसमा पनि कोरोना संक्रमण ४८० सम्म पुग्यो। जाडो महिना लागे संगै संक्रमण बढ्ने निश्चित थियो।

अस्पताल मा कोभिडका  बिरामी  भर्ना हुने क्रम जारी छ।  सरकारले ८०% जनतामा भ्याक्सिन लगाउन सफल भएको छ।  तर २० % जनसंख्याले भने अझै पनि खोप लगाएका छैनन्।  कोरोना फेरी बढ्न थाले पछि राष्ट्रपति निकोस अनाष्टसियादेशले ३ हप्ता को समय भित्र खोप लाइसक्नु पर्ने बताए।  अन्यथा क्रिसमसको समयमा पुन: कडा प्रतिबन्ध लाग्ने संकेत गरे।

कारणबस खोप लगाउन छुटेकालाई सहज होस् भनेर स्वास्थ्य मन्त्रालयले वाक इन भ्याक्सिन सेन्टर को कार्यसमय बढायो।  देश भरि रहेका केहि सेन्टरको समय बिहान ८ देखि बेलुकी ६ बजे सम्म बनाइयो।  तर आइतबार खोप केन्द्र बन्द नै रहने छ।

हुन त यस अघि मन्त्रालयले  आइतबार पनि लिमासोलमा ठुलो शिविर नै बनाएर खोप दिएको थियो जुन एक दुइ पटक को लागि काफी थिएन यस्तो शिविर अझै हुनु पर्ने देखिन्छ।

दैनिक बढेको कोरोना को आंकडाले कोरोना सल्लाहाकार समितिले सरकरले कडा कदम चालिनु पर्ने नत्र क्रिसमस सम्म लकडाउन नै लगाउनु पर्ने स्थिति आउन सक्ने सुझाव दियो। बुधबार राष्ट्रपतिको अध्यक्षतामा बसेको मंत्रीपरिषदको बैठकले विभिन्न निर्णय गर्दै चलाखीपुर्ण तरिकाले अघोषित रुपमा अस्ट्रियामा जस्तै लकडाउन लगाउने भयो।

भन्नलाई विभिन्न निर्णय भनेर सार्वजनिक गरीए पनि मुख्य उद्देश्य  भ्याक्सिन नलगाएकालाई सार्वजनिक स्थल, समारोहमा जान रोक्नु र खोपको लागि प्रोत्साहन गर्नु थियो  यदपि मार्केट र मल जान भने रोकिएन किनकि ति खरिदविक्री गर्न जानु उनीहरु को मानव अधिकार हो  ।

निर्णय अनुसार भ्याक्सिन नलगाएका १२ वर्ष माथिका  व्याक्ति अब  रेस्टुरेन्ट, सिनेमा, थियटर, स्टेडियम, बार, नाइटक्लब र पार्टी हल मा प्रवेश पाउने छैनन्। तर स्वास्थ्य मंत्रीले भने अझै पनि डिसेम्बर १५ भित्र भ्याक्सिन नलगाए झन् कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

गत वर्ष को क्रिसमसमा जस्तै नियम लागु गरेर खोप नलगाउनेलाई घर भित्र सिमित गर्न सक्ने संकेत गरेका मन्त्रीले अझै पनि समय रहेकोले भ्याक्सिन लगाउन आग्रह गरे।

स्वास्थ्य मंत्रीको निर्णयले अब आउने क्रिसमस, नयाँ वर्ष, इस्टर, कार्निभल लगायतका पर्वमा प्रतिबन्ध लगाउने घोषणा पछि भ्याक्सिन लगाउने को संख्यामा उल्लेखीय वृद्धि हुने आस छ।  बुधबार को घोषणा एक  रणनिति अन्तर्गत भएको मंत्रीले बताए।

नयाँ घोषणा अनुसार २ डोज खोप लगाएका व्याक्तिको ७ महिना पुगीसकेको छ भने तेस्रो बुस्टर डोज नलगाउनु पर्ने छ अन्यथा यस्ता व्याक्तिको सेफ पास खारेज गरेर भ्याकसिन नलगाएको व्याक्ति मा गणना गरिने बताइएको छ।

स्वास्थ्य मंत्री हाड्जिपेन्तालिसले यो नियमले क्रिसमस मनाउन र समाजलाई सम्भव भए सम्म नरम तरिकाले चलोस् भन्ने उद्देश रहेको बताए।

आशा गरौ कि साइप्रसका सबै जनताले खोप लगाएर कोरोना भाइरसको फैलावट रोक्न सकारात्मक भूमिका खेल्ने छ।  मास्क, सामाजिक दुरी, सेनिटाइजर र सुरक्षाका उपाए अपनाउदै आफु र आफ्ना वरपरका सबै को स्वास्थ्य सुरक्षामा ध्यान दिनु हाम्रो कर्तब्य हो।

यो पनि पढ्नुहोस् : बुधबार को निर्यणमा के के भयो ? के हो नयाँ नियम ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।