साइप्रस न्युज

साइप्रसमा गर्भवती बहिनि को हत्या गर्ने दाइलाई २५ वर्षको जेल सजाय

शेयर गर्नुहोस्

१९ जुलाई २०२१/ लिमासोल

आफ्नै बहिनिको हत्या गरेको अपराध मा लार्नाकाको  एक व्याक्तिलाई  आज अदालतले २५ वर्ष को जेल सजाय सुनाइएको छ।

२४ वर्षका इलियास हर्पस ले गत वर्ष मे महिना मा आर्मी जी-३ राइफल सफा गर्ने क्रम मा २१ वर्षीय मारिया हर्पसको टाउको मा गोलि लागेको बताएका थिए।  तर प्रहरी अनुसन्धान मा उनले झुट बोलेको र नियतबस नो हत्या गरेको प्रमाण फेला परेको थियो।

२१ वर्षीय मारिया को जन्मदिन को दिन नै उनको हत्या भएको थियो।  मारिया २ महिनाको  गर्भवती थिइन्।

इलियास हर्पस ले आफ्नो बहिनि मार्न अन्य सड्यन्त्र गरेको पनि प्रहरी अनुसन्धान बाट खुलेको छ। मारिया को कार को ब्रेकको  तार कटर ले काटिएको पाइएको थियो।

अनुसन्धानमा अपराधीले ब्रेक फेल गराउने नियत ले ब्रेक को तार काटेको पनि स्वीकार गरेका छन्।

हर्पन माथि हत्या, आर्मीबाट हतियार चोरी र क्षति पुर्याउने नियतले  ब्रेक मा छेडछाड गरेको आरोप लगाइएको थियो।

सो घटना गत वर्ष मे ५ तारिख २०२० मा लार्नाकाको क्लाब्दिया भिलेज मा घटेको थियो।

यो समाचार पनि पढ्नुहोस् : सेफ पास विरुद्द राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा गर्भवती बहिनि को हत्या गर्ने दाइलाई २५ वर्षको जेल सजाय

Comments are closed.