मनोरंजनसाइप्रस न्युज

साइप्रसमा नेपाली चलचित्र ‘‘हिजो आजका कुरा–द मुभी’ प्रदर्शन हुदै

शेयर गर्नुहोस्

14/06/2023

साइप्रसमा नेपाली कथानक चलचित्र ” हिजो आजका कुरा ” प्रदर्शन हुने भएको छ।  आगामी जुलाई २ तारिख  आइतबारको दिन निकोसिया स्थित प्यान्थियोन हलमा सो चलचित्र प्रदर्शन हुन लागेको हो।

डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकको मनमा बस्न सफल टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको सो चलचित्रलाई Beb’s Boutique Collection Nicosia, Cyprus ले साइप्रसमा प्रदर्शन गर्न लागेको हो। जुलाई २ तारिख बिहान ११:३० बजे बाट सुरु हुने चलचित्रको टिकट को मूल्य ८ युरो लाग्ने बताइएको छ ।

फिल्मलाई सन्तोष पन्तका छोरा निर्देशक साकार पन्तले निर्देशन गरेका छन् । नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’कै नाममा यस फिल्म बनेको हो । फिल्ममा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् ।

अन्य कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको पटकथा सन्दीप किस्नको रहेको छ ।

यो चलचित्र प्रदर्शन भए पछी छिट्टै नै अर्का नेपाली २ चलचित्र प्रदर्शन को तयारी छ ।  चलचित्र “नाङ्गो गाउँ” र ‘निरफुल’ पनि साइप्रसका दर्शक ले हेर्न पाउने छन् . पछिल्लो समय नेपाल मा उत्कृस्ट भएका चलचित्र हरु साइप्रस मा पनि प्रदर्शन हुन् थालेका छन् ।

महापुरुष, दुइ नम्बरी, जारी, प्रेम गीत ३ लगायत का चलचित्र प्रदर्शन भै सकेका चलचित्र हुन् ।

यो पनि पढ्नुहोस् :लिमासोल सडक दुर्घटना: ३ नेपाली घाइते, 1 को अवस्था गम्भीर(फोटो सहित)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।