Process of passport Renewal in Cyprus for Nepali citizens
Last update : 07/07/2023
साइप्रसमा रहने नेपालीले अब सहजै राहदानी बनाउन सक्ने भएका छन्। नेपाली वाणिज्यदुतावास बाट नयाँ प्रविधिमा आधारित इ-पासपोर्ट बनाउन सम्पूर्ण व्यवस्था गरिएको छ।
सहज तरिकाबाट राहदानी बनाउन तपाइँलाई आवश्यक पर्ने कागजात र जानकारी बारे यहाँ उल्लेख गरेका छौ।
पासपोर्ट को म्याद गुज्रिएको छ वा म्याद सकिन बढीमा १ वर्ष बाकि छ भने नयाँ पासपोर्ट बनाउन सकिन्छ।
नयाँ पासपोर्ट बनाउन यी कागजात लिएर निकोसिया स्थित नेपाली कन्सुलेट अफिस जानु पर्छ।
- अहिले तपाइँ संग रहेको सक्कल पासपोर्ट र त्यसको फोटोकपि
- सके सम्म सक्कल नागरिता, उपलब्ध नभएमा त्यसको फोटोकपि
- नेपाल को ठेगाना ( संघीय सरकार बने पछि परिवर्तन भएका ठेगाना)
- ठेगाना मा यी कुराहरु हुनु पर्छ।
- गाउँटोल को नाम
- वार्ड नम्बर
- गाउँपालिका/नगरपालिका को नाम
- जिल्ला को नाम
- प्रदेश को नाम
5. नेपाल को फोन नम्बर
पुरानोबाट नयाँ राहदानी बनाउन 210 युरो चार्ज लाग्छ भने करिब २ महिनामा पासपोर्ट तयार भै आइपुग्छ।
अब ,
पासपोर्ट हराएको / नासिएको/च्यातिएको/ बिग्रिएको वा चोरी भएको अवस्था छ भने नयाँ पासपोर्ट बनाउन अनिवार्य रुपमा यी कागजात लिएर नेपाली कन्सुलेट अफिस जानु पर्छ।
- सक्कल पास फोटोकपि (हराएको वा चोरी भएको भए फोटोकपी मात्र)
- सके सम्म सक्कल नागरिता, उपलब्ध नभएमा त्यसको फोटोकपि
- साइप्रस प्रहरी बाट जारी भएको सक्कली पुलिस रिपोर्ट (police report बनाउन पैसा लाग्दैन )
- नेपाल को ठेगाना ( संघीय सरकार बने पछि परिवर्तन भएका ठेगाना)
- ठेगाना मा यी कुराहरु हुनु पर्छ।
- गाउँटोल को नाम
- वार्ड नम्बर
- गाउँपालिका/नगरपालिका को नाम
- जिल्ला को नाम
- प्रदेश को नाम
5. नेपाल को फोन नम्बर
हराएको राहदानीबाट नयाँ बनाउनु परे 290 युरो चार्ज लाग्छ भने करिब २ महिनामा पासपोर्ट तयार भै आइपुग्छ। पासपोर्ट तयार भए पछी सम्बन्धित ब्याक्ति नै पासपोर्ट लिन जानु पर्छ।
पासपोर्ट बनाउन तपाइँ को फोटो त्यहि नै खिचिने हुँदा फोटो लैजानु भने पर्दैन। तपाइँ को फोटो, फिंगर प्रिन्ट र डिजिटल हस्ताक्षर चाहिने हुँदा तपाइँ आफै नै जानु पर्ने हुन्छ।
पुलिस रिपोर्ट को लागि कागजात डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्
यो पनि पढ्नुहोस् : साइप्रसबाट फर्किएका व्याक्तिलाई साइप्रसको पुलिस रिपोर्ट चाहिए के गर्ने ?
कन्सुलेट अफिस को कहाँ छ ?

गुगल म्याप लोकेसन