साइप्रस न्युज

निकोसियामा नेपाली युवती दुर्घटनामा परि गम्भीर घाइते(update)

शेयर गर्नुहोस्

हिजो आइतबार राती निकोसियामा सडक दुर्घटनामा परि एक नेपाली युवती गम्भीर घाइते भएकी छन् । उनलाई उपचार को लागि निकोसिया जेनेरेटर हस्पिटल लगिएको छ।

रामेछाप घर भएकि २२ वर्षिय  नगिम डोमा शेर्पा २०२१ मा साइप्रस आएकी थिइन्। स्थानिय मिडिया रिपोर्टका अनुसार उनी कार पार्किङ स्थलमा बेहोसी अवस्था मा रहेकी उनलाई पार्किङ बाट निस्की रहेको गाडी ले चेपेको बताइएको छ। युवती ले अत्याधिक मदिरापान गरेका कारण पार्किङ स्थलको जमिन मै बेहोस भएको हुन सक्ने बताइएको छ।

ताजा रिपोर्ट अनुसार उनको दाहिने हातमा फ्राकचर भएको छ भने शरीरको अङ्गहरुमा पनि असर परेको बताइएको छ।

निकोसिया ट्राफिक प्रहरीले यस घटना बारे थप अनुसन्धान गरि रहेको छ। प्रहरीले यस घटनाको प्रारम्भिक रिपोर्ट नेपाली कन्सुलेट अफिसमा पठाइ सकेको छ।

 

घाइते शेर्पा २०२१ मा क्राउन ओभर्सिज मार्फत कृषि कामदार को भिसा मा आएकी हुन् ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।