देश विदेश

दलित समुदायहरु माथि भएको हत्या, हिसांको देश भरि प्रर्दशन , घेराऊ ,धर्ना र पत्रकार सम्मेलन

शेयर गर्नुहोस्

काठमाडौ
नेपालमा भैरहेको दलित समुदायहरु माथि हत्या , हिसां एवमं विभेदका विरुद्धमा देशैभर बुधवार विभिन्न कार्यक्रमको अयोजना गरि विरोध गरिएको छ । दलित समुदायका विभिन्न समाजिक सगठनहरुले फरक फरक गाउमा पत्रकार सम्मेलन , जिल्ला स्थित अदालत घेराउ , सरकारी कार्यलय तथा प्रधानमन्त्रि कार्यलयमा ज्ञापनपत्र समेत दिएका छन ।

रुपन्देही जिल्लामा दलित युवती अगिंरा पासीको हत्याराहरुलाइृ कडा कारवाहीको माग गर्दै लगातर चार दिन देखि गाउपालिका स्तरिय हुदै आएको अन्दोलन आज जिल्ला अदालतलाई घेराउ गरेर विरोध कार्यक्रम गरिएको चमार कल्याण समाज नेपाल रुपन्देहीका जिल्ला सह संयोजक राजु हरिजनले जानकारी दिए ।

उहाका अनुसार संयुक्त दलित सघंर्ष समितिको अगुवाईमा आज जिल्लामा रहेका विभिन्न जातिय समाजिक सस्था एवमं राजनितिक दलका भातृसंगठनहरु मिलेर आफनो चेली अगिंरा पासीको हत्याराहरुलाई उचित न्याय दिलाउनका खातिर आफु लगाएत जिल्लाका अग्रज दलित तथा गैर दलित नेताहरु समेत सहभागि भएको बताउनु भयो ।

हरिजनका अनुसार सरकारी वकिल कार्यालयले जबरजस्तीकरणी, जातीय छुवाछुत र आत्महत्या दुरात्साहन गर्ने मुद्धाको अभियोगपत्र जिल्ला अदालत रुपन्देहीमा पेश गरिसकेको छ । विरोध प्रदर्शनपछि आयोजित सभामा प्रदेश सांसद सन्तोष पाण्डे, पूर्व राज्यमन्त्री प्रकाश चित्रकार, जनता समाजवादी पाटीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे, नेकपाका रुपन्देही सचिव निर्मल जिसि, दलित अगुवाहरु रवि विक, चमार कल्याण समाज मायादेबी गाउपालिका प्रमुख बालकिसुन चमार , सम्मरी माई गाउपालिकाका संयोजक सर्बेन्द्र हरिजन , उपाध्यक्ष सन्जु हरिजन , तराई दलित सरोकार केन्द्रका अध्यक्ष बुद्धिराम हरिजन ,दलित मुक्ति मोर्चाका गणेश खाती, राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनेश्यवरी चौधरी, दलित अभियान्ता नर बहादुर सुनार , युवा धर्मेन्द्र पासवानले बोल्दै जातीय विभेदका आधारमा भएको घटनामा संलग्नलाई कारवाहीको माग गरे ।

प्रधानमन्त्रि निवास बालुवाटारमा दलितहरुलाई गिरफतार गर्दै नेपाल प्रहारी ..

उता राजधानी काठमाडौमा संयुक्त राजनितिक दलित संघर्ष समितिको अगुवाईमा रुकुम चौरजहारी नरसंहार, अंगिरा पासि,सम्भु सदाको हत्या र देशका विभिन्न ठाउमा भयका जातीय छुवाछूतका घटनाहरूको बिरोधमा बबरमहल देखि नयाँ बानेश्वर सम्म खबरदारी सभा कार्यक्रम गरेको छ ।

यस्तै संयुक्त राजनितिक दलित संघर्ष समितिकै अगुवाईमा प्रधानमन्त्रि निवास बालुवाटारमा प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउने बेलामा नेपाल पुलिसले दर्जन भन्दा बढि दलित नेताहरुलाई गिरप्तार गरेको नेता प्रकासचन्द्र परियारले जानकारी दिनु भयो । नेता परियारका अनुसार आफुहरुलाई नेपाल पुलिस क्लबमा केही घण्टा राखेर रिहा गरिएको जानकारी दिनुभयो ।

दलितहरु माथि भैरहेको अत्याचारका विरुद्धमा आफनै देशका प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउन जादा आफुहरुको त्रापनपत्र प्रधानमन्त्रिले नबुझे पछि आफुहरु नारा बाजी गरेको दलित अधिकारकर्मी सुनिता डोमले जानकारी दिनुभयो ।
उता धनुषा जिल्लामा शम्भु मुसहरको घटना नसेलाउदै जनकपुर प्रादेशिक अस्पतालका डाक्टरहरुको लापरवाहीका कारण प्रसाही घर भएका १३ बर्षिय राजु मुसहरको मृत्यको बिरोधका कार्यक्रम गर्न बहुजन नेता चन्द्रेश्वर दासको नेतृत्वमा पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा दलित युवा राजु मुसहरलाई समान्य जिवनजल समेत नदिएको कारणले मृत्यु भएको जानकारी दिनु भयो ।

मृतक राजु मुसहरलाई न्याय दिलाउनका लागि उहाको परिवारद्धारा पत्रकार सम्मेलन

प्रादेशिक अस्पतालका डाक्टरहरुले मुसहर भएकौ कारणले राजुलाई उपचार नगरेको आरोप लगाउदै अब शम्भु सदा र राजु मसहरलाइृ न्याय दिलाउनका लागि गाउ गाउबाट आन्दोलनको तयारी भैरको जानकारी दिनु भयो ।

त्यस्तै पत्रकार सम्मेलनमा राष्टिय मुसहर समाजका केन्द्रिय सदस्य पन्चु मुसहरका अनुसार पछिल्लो समयमा नेपालको रुपन्देहीमा आफुहरुकै ३ जना मुसहरहरुलाई सामुहिक हत्या , अगिंरा पासीको हत्या , शम्भु सदालाइृ नेपाल पुलिसद्धारा हत्या अब फेरि डाक्टरको लापरवाहीले गर्दा अर्का युवा राजु मसहरलाइृ गुमाएको जानकारी दिनु भयो । मुसहरले आफुहरुलाई न्याय दिलाउनका लागि देश विदेशमा रहेका सबै न्याय प्रेमीहरुलाई आग्रह गर्नुभएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *