अन्तर्राष्ट्रिय उडान तत्काल नखुल्ने

शेयर गर्नुहोस्

काठमाडौं / ०१ साउन।
अन्तर्राष्ट्रिय उडान तत्काल सुरु नहुने भएको छ। त्रिभुवन विमानस्थलबाट नियमित उडान भइरहेका अधिकांश गन्तव्यमा नियमित उडानको लागि प्रतिबन्ध कायमै भएकाले नेपालले चाहेर मात्रै अन्तर्राष्ट्रिय उडान तत्काल नखुल्ने देखिएको हो।

नेपालले साउन ७ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ। त्यसपछि पुनः म्याद थप हुने सम्भावना बढी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले कोभिड १९ को संक्रमण हवाइ यातायातको माध्यमबाट छिटो फैलिने निष्कर्षपछि नेपाल सरकारले ०७६ चैत ९ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि चार्टर्ड उडान भने गरिरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालबाट नियमित उडान भइरहेका अधिकांश देशले अन्तर्राष्ट्रिय उडानको लागि तयार नभएको बताएका छन्।

त्रिभुवन विमानस्थलबाट लकडाउनअघि भारत, चीन, बंगलादेश, हङकङ, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, कुवेत, दक्षिण कोरिया, कतार, जापान, ओमान, सिंगापुर, टर्की, थाइल्यान्ड, भुटानमा नियमित उडान भइरहेको थियो।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *