देश विदेश

चिकित्सा संघले तोकेको बिरामी जाँच शुल्क सम्बन्धि स्वास्थ्य मन्त्रालयको असहमति

शेयर गर्नुहोस्

फागुन ६, काठमाडौँ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले तोकेको बिरामी जाँच शुल्क सम्बन्धि स्वास्थ्य मन्त्रालयले असहमति जनाएको छ । बिहिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै परामर्श शुल्क सम्बन्धी मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको शुल्क वृद्धि अवस्थामा र मन्त्रालयसंग कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।

आवश्यक थप गृहकार्य र मन्त्रालयसंग परामर्श गरे मात्र निर्णय गर्न उचित हुने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् । उनले यसरी निर्णय लिँदा सर्वसाधारणमा थप दुविधा उत्पन्न भइ सेवामा असर पुग्न सक्ने बताए ।

मन्त्रालयले विश्वव्यापी रूपमा विद्यमान कोभिड १९ संक्रमणले निम्त्यएको आर्थिक सिथिलता समेतलाई मध्यनजर गर्दै चिकित्सकहरूको परामर्श शुल्क २०७१ भाद्र ११ गते मन्त्रालयको पत्रानुसार नै कायम रहेको जानकारी गराएको छ ।

निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको न्यनूतम पारिश्रमिक, अस्पतालहरूको सेवा शुल्क र परामर्श शुल्क समेतको समय सापेक्ष परिमार्जन गर्न सरोकारवालाहरूसंग छलफलका लागि मन्त्रालय तयार रहेको विज्ञप्ति मार्फत जनाएको छ ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता नजनाएको भन्दै अफिन र नेपाल चिकित्सक संघको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको जनाएको थियो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *