देश विदेश

कोभिडको असर: श्रमिक आउने व्यवस्था सहज बनाइदिन रोजगारदाताको माग | देश परदेश

शेयर गर्नुहोस्

मलेसियाका रोजगारदाताहरुले सरकारलाई विदेशी श्रमिक लिन सहज बनाइदिन सरकारको ध्यानाकर्षण गराएका छन् । रोजगारदाताहरुको संगठन फेडेरेशन अफ मलेसियन म्यानुफ्याक्चरर (एफएमएम) ले श्रमिकको अभावका कारण व्यवसायमा अप्ठ्यारो स्थिति सिर्जना भएको भन्दै यसमा सहजिकरण गरिदिन आग्रह गरेको हो ।

मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार एफएमएका अध्यक्ष सोह थियान लीले उत्पादनमूलक क्षेत्रलाई विदेशी श्रमिक आवश्यक रहेको भन्दै गत बर्ष छुट्टीमा स्वदेश फर्किएका श्रमिक कोभिड १९ का कारण मलेसिया फर्किन नसकेको भन्दै उनीहरुको सहज आवागमनको व्यवस्था गरिदिन आग्रह गरे । उनले विदेशी श्रमिकहरु तल्लो पदमा रहेर काम गर्ने र सो पदमा स्थानीय नागरिकले काम गर्न रुचि नराख्ने भन्दै श्रमिक आपूर्तिका लागि मद्दत मागेका छन् ।

लीले कार्यथलोलाई यान्त्रिकरण गर्दै मानव संशाधन विस्थापन गर्न समय लाग्ने भन्दै व्यवसायलाई जीवन्त राख्न र यसको विस्तार गर्न पनि मानविय जनशक्ति अपरिहार्य रहेको बताएका छन् । उनले निर्यातमूलक तथा साना र मझौला उद्योग व्यवसायलाई सरकारको निरन्तर सहयोगको खाँचो पनि औल्याएका छन् । त्यसो नगरिएमा ति उद्योगहरुको उत्पादन क्षमतामा ह्रास आउने र यसले समग्र मलेसियालाई नै घाटा पुग्ने उनको भनाई छ ।

मलेसियामा लाखौंको संख्यामा विदेशी श्रमिक कार्यरत छन् । त्यहाँ वैधानिक रुपमा काम गर्ने नेपालीको संख्या झण्डै चार लाख छ । यसैगरी कागजातविहिन रुपमा पनि लाखौं विदेशी श्रमिक मलेसियामा कार्यरत रहेको अनुमान गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11946/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *