महत्वपूर्ण जानकारी

साइप्रस बाट माछापुछ्रे बैंक मा खाता यसरी खोल्नुस्। STEP BY STEP PROCESS

शेयर गर्नुहोस्

समिम मियाँ

साइप्रस बाट  तपाइँलाई यो बैंक मा खाता खोल्न यी कागजात को जरुरि हुन्छ।  त्यसैले यी कागजात र जानकारी जम्मा गरेर मात्र खाता खोल्ने प्रोसेस सुरु गर्नु होला। पहिला पुरा प्रोसेस पढ्नुहोस्

१.  Email address २. पासपोर्ट साइज को फोटो ३. तपाइँ को पासपोर्ट को फोटो ४. नेपाल को स्थायी ठेगाना ५. साइप्रस को पुरा ठेगाना ६. साइप्रस को मोबाइल नम्बर ७. तपाइँ को बुबा, आमा, हजुर बुबा, पति या पत्नी को नाम ८. नेपाल को अरु बैंक मा खाता छ भने सो बैंक को नाम, ब्रान्च ९. सेतो कागज मा तपाइँ ले गरेको ४ ओटा  हस्ताक्षर को फोटो  १०. हकवालाको फोटो ११. हकवालाको पासपोर्ट वा नागरिकता को फोटो १२. हक वालाको तपाइँ संग को नाता , जन्ममिति, सम्पर्क नम्बर

यदि तपाइँ ले खाता खोल्न जान्नु भएन वा खाता खोल्न मदद चाहिएमा 009779824135245  मा भाइबर, इमो  call / message  गर्न सक्नु हुनेछ। फेसबुक मेसेन्जर मा मलाइ यहाँ क्लिक गरि  सम्पर्क गर्न सक्नु हुनेछ। 

खाता खोल्ने तरिका 

माछापुछ्रे बैंक मा खाता खोल्न गूगल मा गएर पहिला machhapuchhre bank लेखेर सर्च गर्नुहोस्।  वा यहाँ क्लिक गरि सिधै माछापुछ्रे बैंक को वेबसाइट मा जानुहोस्।
top साइड को right मा रहेको apply now मा क्लिक गर्नुहोस्।

अब त्यहा ३ अप्सन खुल्छ Online service, Credit card Apply, Online account Opening. . अब यी अप्सन मध्य Online account Opening मा क्लिक गर्नुस्।

अब तपाइँ Online account Opening पेज मा पुग्नु भयो।  अब तपाई ले कस्तो खाले खाता खोल्न खोज्नु भएको हो त्यो रोज्नुहोस।

कुन खातामा खोल्न कति लाग्छ कति ब्याज पाइन्छ ?

Machhapuchchhre Bachat Khata खोल्दा  कम्तिमा 500 रुपैया राख्नु पर्छ र ब्याजदर  4 % पाइन्छ।  MBL Pewa Bachat Khata खोल्दा कम्तिमा 100 रुपैया राख्नु पर्छ र ब्याजदर  3.10 % पाइन्छ भने MBL Smart Bachat Khata खोल्दा कम्तिमा 1000 रुपैया राख्नु पर्छ र ब्याजदर  3.10 % पाइन्छ। (यो ब्याजदर समयसमयमा परिवर्तन भै रहन्छ, त्यसैले बैंकको वेबसाइट हेर्नु होला। )

MBL Student Saving Account खोल्दा शुन्य रकम मा नै खोल्न सकिन्छ र ब्याजदर  3.10 % पाइन्छ। MBL Yuba Bachat Khata खोल्दा कम्तिमा 100 रुपैया राख्नु पर्छ र ब्याजदर  3.10 % पाइन्छ। MBL Normal Saving Account खोल्दा शुन्य रकम मा नै खोल्न सकिन्छ र ब्याजदर  3.10 % पाइन्छ।  MBL FCY Saving Account खोल्दा  कम्तिमा USD 10.00 वा सो सरह मुद्रा जम्मा गर्ने र ब्याजदर USD-2%, Euro-1%, GBP-1%  पाइन्छ।

हामी आज शुन्य रकम मा नै खोल्न सकिने MBL Normal Saving Account खोल्दै छौ। त्यसैले अब MBL Normal Saving Account मा गएर apply now मा क्लिक गर्नुहोस्।  अब तपाइँ MBL Normal Saving Account खोल्न को लागि तयार हुनु हुन्छ।  अब Online Account Opening Form भर्नु पर्ने हुन्छ।  अब के के गर्ने तल; दिएको जस्तै गरि भर्नु होला।

Do you have an existing account with Machhapuchchhre Bank Limited?  लेखिएको मा NO  मा क्लिक गर्नुहोस्

Nepalese Citizen Applying From मा क्लिक गरि OUT SIDE COUNRTY बनाउनु होस्।

Account Type मा Individual रोज्नुहोस।  Salutation मा Mr., Mrs., M/s., Miss र Minor के हो त्यो रोज्नुहोस।  पुरुष को लागि MR, विवाहित महिलाको लागि MRS, अविवाहित महिलाको लागि Miss , विवाहित हो कि अविवाहित हो कन्फ्युज भए M/s प्रयोग गर्न सकिन्छ।  १८ वर्ष मुनिका बच्चा भए Minor रोज्न सकिन्छ। तपाई पुरुष भए   Mr. र महिला भए Mrs. मध्य एक मा टिक लगाउनु होस्।।।

अब आफ्नो First Name* , Middle Name र  Last Name* लेख्नुस्। जस्तै, bishnu maya gurung नाम हो भने First Name मा bishnu लेख्ने, Middle Name मा maya र Last Name मा थर लेख्ननु होला।  विवाहित महिलाको २ थर जोडिएको छ भने Last Name मा २ थर नै लेख्नु होला।  

Gender* मा पुरुस भए Male,   महिला भए Female र अन्य भए other  अप्सन रोज्नुहोस।  Mobile Number* मा साइप्रस को नम्बर 00357 सहित लेख्नुहोस।  Email Address* मा आफ्नो इमेल भर्नुहोस्। Date of Birth (BS)* मा आफ्नो जन्म मिति  बिक्रम सम्वत मा लेख्नुस Date of Birth (AD)* मा आफ्नो जन्म मिति अंग्रेजी सम्वत मा लेख्नुस।  Account Currency* मा Neplese rupees रोज्नुहोस। 

अब Applying From Country* मा CYPRUS रोज्नुहोस। Other Contact Medium मा भाइबर, व्ह्वाट सप वा इस्काइप छ भने रोज्नुहोस   छैन भने None रोज्नुहोस।  भाइबर, व्ह्वाट सप वा इस्काइप छ भने Other Contact Details मा नम्बर दिनुहोस्।  

Are you an NRN ?* मा No छान्नु होस् र अन्तिम मा Enter Captcha मा Captcha मा देखाइएको अक्षर भर्नुस र Proceed to Account Opening Form मा क्लिक गरेर अब अर्को प्रोसेस तर्फ अघि बढ्नुहोस्।  

अब तपाइँलाई Your Account Opening request has been received. OTP code has been sent to your email and mobile. भनेर देखाउछ।  तपाइँ ले दिएको इमेल मा OTP (one time passcoad) कोड आउनेछ।

त्यो कोड लाई Enter OTP Code मा क्लिक गर्नुहोस्। अब coad भेरिफिकेस गर्न अर्को पेज खुल्छ , अब email मा आएको 6 अङ्क को  otp coad हालेर Validate मा क्लिक गर्नुहोस्। अब तपाइँ लाइ यस्तो देखाउछ।

Success.
Your OTP has been validated. Please proceed to fill the KYC form using the link shared in your email.

अब आफ्नो इमेल हेर्नुस यस किसिम को इमेल आएको हुन्छ। इमेल मा click here मा थिच्नुस अब KYC form भर्ने अर्को प्रोसेस सुरु हुन्छ। जसमा विभिन्न कागजात हरु अपलोड गर्नु पर्ने हुन्छ।

अब,

Account Branch* मा कुन ब्रान्च मा खाता खोल्ने हो त्यो छनोट गर्नुस् , Purpose of A/C* मा Remittance छनोट गर्नुहोस्। Marital Status* मा Married, unmarried, widow,divorced के हो त्यो छनोट गर्नुहोस।  

अब त्यसको ठिक तल रहेको upload your recent passport size photo मा क्लिक गरेर आफ्नो पासपोर्ट साइज को डिजिटल फोटो अपलोड गर्नुहोस।

अब त्यो भन्दा तल Pan Details मा Pan Number छ भने हाल्नुस नभए पर्दैन।

अब Permanent Address मा तपाइँ को पासपोर्ट मा भएको नेपालको  स्थायी ठेगाना भर्नुहोस्।  province (प्रदेश), District(जिल्ला ), Local Body(महानगरपालिका नगरपालिका/गाउँपालिका) र वार्ड नम्बर भर्नुहोस्।

अब  Current Address मा हाल बसेको  देश  ठेगाना भर्नु पर्छ।  Same As Permanent Address  लाइ NO मै राख्नु होला।
Country मा Cyprus छनोट गरेर Enter Full Address* मा तपाई को पिङ्क कार्डको पछाडी मा भएको एम्प्लोयर को पुरा ठेगाना लेख्नुहोस।  अनि Mobile मा साइप्रस को तपाइँ को मोबाइल नम्बर लेख्नुहोस।

अब Family Details मा तपाई ले आफ्नो परिवार को ३ पुस्ता को जानकारी लेख्नु पर्छ। तपाइँ को बुबा, आमा, हजुर बुबा, पति या पत्नी को नाम अनिवार्य राख्नु पर्छ।  सम्भव भए सम्म उहा सबै को नागरिकता वा पासपोर्ट को नम्बर पनि उल्लेख गर्दा राम्रो हुन्छ तर अनिवार्य चै छैन।  बालबच्चा , सासु , ससुरा भए उनिहरु को नाम पनि राख्दा राम्रो हुन्छ तर अनिवार्य भने  छैन।

अब यो फर्म को विवरण पुरा भयो।  अब यसलाई Save and contineu मा क्लिक गरेर अघि बढौ।

अब यो सेक्सन मा Professional Details भर्नु पर्छ।

Education Qualification* मा other भर्नुहोस्।  Occupation* मा other भर्नुहोस्।  Source of Income मा Remuneration र other लाइ रोज्नुहोस।  Other Occupation मा Domestic worker लेख्नुहोस।  वा आफ्नो पेशा लेख्नुहोस।  Other Income Source मा foreign job लेख्नुस।  

Detail of Related Profession/Business सेक्सन मा  Business 1 मा Name of Employer/Business भर्दा राम्रो तर जरुरि छैन।

For Student भनेको मा विधार्थी ले आफ्नो स्कुल कलेज को बारे मा भने हो। भर्दा राम्रो तर जरुरि छैन।

Anticipated Volume Of Transaction सेक्सन मा Anticipated Annual Transaction (Debit/Credit) NPR* मा वार्षिक रुपमा कति रकम कारोबार गर्ने अनुमान छ भनिएको हो।  दिइएको अप्सन मध्य तपाई ले कुनै छान्नुस।

Average Expected Transactions Per Month* मा महिनामा कती पटक कारोबार गर्ने अनुमान छ भनिएको हो। कुनै एक रोज्नुहोस।

Other Bank Details मा Have you maintained account/s in other banks?* अन्य बैनक मा पनि खाता छ भने Yes र छैन भनि No गर्नुस्। छ भने बैक को नाम , ब्रान्च र कुन किसिमको खाता हो त्यो लेख्नुस।  यो लेख्न जरुरि छ।  अब Save and contineu मा क्लिक गरेर अघि बढौ।

अब यो सेक्सन मा Identity Verification गर्नु पर्छ जसको लागि आफ्नो पासपोर्ट वा नागरिकता को फोटो अपलोड गर्नु पर्दछ।

पासपोर्ट नम्बर , पासपोर्ट जारी भएको देश , जारी मिति , सकिने मिति हाल्नु पर्छ।

त्यस पछि तपाइँ को पासपोर्ट को फोटो अपलोड गर्ने साथै एक सफा सेतो कागज मा चार ओटा साइन वा हस्ताक्षर गरेर फोटो खिचेर अपलोड गर्नु पर्छ।  अब Save and contineu मा क्लिक गरेर अघि बढौ।

अब अर्को सेक्सन मा हकवाला र अन्य जानकारी भर्नु पर्छ।  अब तपाइँ ले आफ्नो नेपाल को घर को लोकेसन म्याप मा देखाउनु पर्छ।

Do you want to declare a nominee? * तपाई को मृत्यु पछि यो खाता को हकवाला को हुने भनेर देखाउनु पर्ने भए yes होइन भने no गर्ने।

yes गर्ने हो भने I hereby authorize following nominee to receive sum of amount which maybe due to me from Nepal Bank Limited in the event of my death. * मा टिक लगाउने र हकावालाको नागरिकता वा पासपोर्ट को फोटो अपलोड गर्ने साथै हक वालाको तपाइँ संग को नाता , जन्ममिति, सम्पर्क नम्बर अनिवार्य राख्नु पर्छ।

हक्वालाको फोटो अपलोड गरे पछि हकावालाको परिचय खुल्ने नागरिकता पासपोर्ट को सबै जानकारी भर्नु पर्छ। नागरिकता वा पासपोर्ट को नम्बर, जारी मिति , सकिने मिति हाल्नु पर्छ।

अब कुन कुन सेवा लिने हो त्यो बारे छनोट गर्नु पर्छ।

Internet Banking  लिने हो भने Yes गर्ने होइन भने No गर्ने।  साइप्रस बस्ने ले Yes  गर्नुस्। इन्टरनेट बाट पैसा कति जम्मा भयो भनेर हेर्न सकिन्छ।

mobile banking लिने हो भने Yes गर्ने होइन भने No गर्नुस्। mobile banking सेवा सुरु गर्न नेपाल कै नम्बर चाहिने हुँदा No गर्नुहोस्।

Are You Interested In Other banking Products? *   मा Debit Card, Cheque Book, Locker,  DEMAT सबै  लाई no गर्नुहोस् किनकि नेपाल नफर्के सम्म तपाइँ ले Debit Card, Cheque Book, Locker,  DEMAT प्रयोग गर्न सकिन्न।

अब यी कुरामा स्व-घोसणा गर्नु पर्ने हुन्छ।

Declaration of Convicted/Non Convicted for any crime in Past* बितेको समयमा तपाइँ कुनै अपराध गर्नु भएको छ ? Yes/ No छान्नुहोस्

Are you Politician or relative of Politician?* के तपाइँ राजनीतिज्ञ हो या कोइ राजनीतिज्ञको नातेदार हो ? Yes/ No छान्नुहोस्

Do you hold residential permit of foreign country?* तपाई संग कुनै देश को पी आर छ ? Yes/ No छान्नुहोस्

अब Save and contineu मा क्लिक गरेर अघि बढौ।

ब Review Application सेक्सन खुल्छ

, यसमा अहिले सम्म भरेका सबै जानकारी देखाउछ , राम्रो संग हेरेर बिग्रेको भए सच्याउन सकिन्छ।  यदि सबै ठिक छ भने Proceed Application मा क्लिक गरि अघि बढ्नुहोस्।

अब Terms and Conditions को सेक्सन खुल्छ।  यो राम्रो संग पढ्नुहोस।  र अन्तिम मा  I/We Agree with the terms & Conditions * मा टिक लगाएर SAVE AND SEND क्लिक गर्नुहोस।

अब तपाइँ लाइ एस्तो मेसेज देखाउछ।  Form Successfully Submitted Thank you for choosing Machhapuchchhre Bank Limited.

बधाई छ।  तपाइँ को निदेवन सफलता पुर्वक बैंक मा पठाईएको छ।

अब तपाइँ लाइ एउटा इमेल आउँने छ ,जसमा तपाइँ को निवेदन को रिफरेन्स कोड दिएको हुन्छ।  साथै एउटा लिंक पनि दिएको हुन्छ जसबाट यो रिफरेन्स नम्बर हानेर तपाइँ को निवेदन के हुदै छ भनि थाहा पाउन सकिन्छ। ( चेक गर्न यहाँ क्लिक गरेर Track your information मा रिफरेन्स नम्बर हालेर  हेर्न सक्नु हुन्छ )

केहि  दिन मा तपाइँ लाइ बैंक को तर्फ बाट इमेल आउने छ।  जसमा तपाइँ को इन्टरनेट बैंकिंग को आइडी र पासवर्ड का साथै एकाउन्ट नम्बर पनि हुन्छ।

एकाउन्ट नम्बर पाए पछि अब तपाइँ ले जति बेला पनि आफ्नो खातामा पैसा पठाउन सक्नु हुनेछ।  साइप्रस बाट एकाउन्ट मा पठाएको पैसा १२ देखि ४८ घण्टा भित्र तपाइँ को खाता मा जम्मा हुन्छ।

 

यो पनि पढ्नुहोस्  तपाइँ लाई काम लाग्न सक्छ : 

साइप्रसबाट नेपालमा सानिमा बैंक मा  यसरी खोल्नुहोस अनलाइन बाट बैंक खाता

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रस बाट माछापुछ्रे बैंक मा खाता यसरी खोल्नुस्। STEP BY STEP PROCESS

Comments are closed.