संघसंस्था गतिविधिसाइप्रस न्युज

बलिहाङ् तङ्नाम ५०८१ तथा दिपावलीको उपलक्ष्यमा शुभकामना आदनप्रदान

शेयर गर्नुहोस्

युरोप , साईप्रस , युरोपियन देश साईप्रसमा बसोबास गरिरहेका लिम्बु समुदायहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ साइप्रसले बलिहाङ् तङ्नाम ५०८१ तथा दिपावलीको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । चुम्लुङकी संस्थापक संयोजक सरिता सरिता लिङ्देनको अध्यक्षता एवमं गायक , समाजका अगुवा नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे )को प्रमुख अतिथ्यता तथा नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतमको विशेष अतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

बलिहाङ् तङ्नाम शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रममा शुभकामना मन्तब्य साथै बलिहाङ् तङ्नामको बारेमा चुम्लुङकी सल्लाहकार चुमन्ता लिम्बूले प्रकास पार्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव रेश्मा लिम्बुले गर्नु भएको थियो । कार्यक्रममा चुम्लुङले विदेशी भुमिमा पनि आफनो पहिचान , देश प्रतिको माया , लिम्बु जातिहरुले नाच्ने धान नाच , लिम्बु सामुदायका सदस्यहरले लगाएको जातिय पहिचानले लिमासोलमा रहेका विदेशीहरुलाई समेत लोभ्याएको थियो ।

त्यस्तै कार्यक्रममा देउसी भैलोको गित , आधुनिक गित , लिम्बु जाति सम्बन्धि जातिय गितहरु प्रमुख अतिथि एवमं गायक नरेश तुम्बाहाङ्फे(फुर्के लाउरे) मिजिरा सम्बाहाम्फेले पस्कनु भएको थियो । शुभकामनाकै दौरानमा गायक एवमं प्रमुख अतिथि नरेश तुम्बाहाङ्फे लिम्बूलाई किरात याक्थुङ चुम्लुङ साइप्रसले सम्पन्न समेत गरेको सचिव रेश्मा लिम्बुले जानकारी दिनुभयो ।

कार्यक्रम पश्चाप्त लिम्बु समुदायहरुले लगाएको पहिरन हेरेर साईप्रस घुम्न आएका युकेका दम्पत्ति डेबिटले साईप्रस नेपाल डटकमसगं कुराकानी गर्दै यस्तो पहिरनले नेपालको शिर उच्च गरेको र निकट भविष्यमा आफुहरु नेपाल घुम्न जाने प्रतिक्रिया दिनुभएको थियो ।

युके दम्पत्ती डेबिटले आफुहरु नेपालको बारेमा धेरै सोधखोज गरेको तर यस्तो पहिरन गत आईतवार मात्रै साईप्रसमै आएर देखेको भने पहिलो पटक भएको प्रतिक्रिया दिनुभयो ।

उता यसरी नृेपाली समुदायहरुले मनाउने चाडबाड , नेपाली समुदायहरु गर्ने श्रम , दिने हस्पीटालीटीका बारेमा , नेपाली समुदायहरु(सुसि सेफ)हरुले विभिन्न होटल , रेष्टुरेन्टहरुमा गरेको मिहेनतले धेरै विदेशीहरु खुसि भएको र नेपालको बारेमा सकारात्मक सन्देश भेटेको एनआरएनए साईप्रसका पुर्ब सचिव पुरन मगरले बताउनु भयो ।

उहाका अनुसार हरेक बर्ष नेपाली समुदायहरुले मनाउने चाड होस वा नेपाली समुदायका सेफहरुले ईमन्दारीताका साथ गरेको कामलाई साईप्रस देखि लिएर युरोपियन देशका धेरै जसो विदेशीहरु खुलेरै प्रसन्शा गरेको बताउनु भयो ।

photo via :- Anna

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *