प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

शेर्पा किदुक साईप्रसद्धारा विश्वभरका लागि शान्तिको कामना

शेयर गर्नुहोस्

निकोसिया , युरोप , युरोपियन देश साईप्रसमा शेर्पा समुदायहरुको साझा संगठन शेर्पा किदुक साईप्रसले विश्वभरमा शान्तिको कामना गर्दै महामानव गौतम बुद्धको २५६६ औ जन्मजयन्ति मनाएको छ । गत आईतवार शेर्पा किदुक साईप्रसको आयोजनामा साइप्रसको निकोसिया शहरमा रहेको बौद्ध गुम्बामा देश बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण प्राणी जगतमा सुख ,शान्ति समृद्वि एवम दिर्घायु को कामना गर्दै बुद्व जयन्ति मनाईएको किदुककी अध्यक्ष निमदिकी शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा गुम्बाका भन्ते(लामा)ले पुजा गर्ने विधिहरु, मन्त्रहरु बाचन गर्नुभएको र भगवान बुद्वले सत्यता , अहिंसा र सत्मार्ग को बाटो मा हिडन सधै उत्प्रेरणा दिईरहुन भनी कामना समते गरिएको अध्यक्ष शेर्पाले बताउनु भयो । महामानव गौतम बुद्ध नेपालमा जन्मेकोमा आफु लगाएत सारा नेपाली समुदाय गर्ब महसुस गर्दे बुद्धको देशलाई विश्वभर चिनाउन सबै लाग्नुपर्ने अध्यक्ष शेर्पाले आग्रह गर्नुभयो ।

शेर्पा समुदायहरु बिश्वको कुना कुनामा बसेर आफनो नेपालीहरुको पहिचानलाई अगाडी बढाउदै देशलाई चिनाउने ठुलो योगदान गरेकोमा सारा शेर्पा समुदायका लागि गर्बको बिषय रहेको छ । शेर्पा समुदायहरु हिमालको उच्च शिखारमा चडने देखि लिएर महामानव गौतम बुद्धको प्रचार प्रसार गर्न सदैव एक कदम अगाडी रहेको शेर्पा समुदायका अगुवा पसागं शेर्पाले बताउनु भयो ।

निकोसियामा भएको कार्यक्रममा शेर्पा किदुक साईप्रसका पदाधिकारीहरु , सल्लाहकारहरु , समाजसेबी विकास श्रेष्ठ , एनआरएनए साईप्रसकी महासचिव राधा पोख्रेल थापा लगाएतहरुले शान्तिको कामना गर्नुभएको थियो ।

शेयर गर्नुहोस्