मनोरंजन

सुपरहिट चलचित्र “दुई  नम्बरी” साइप्रसमा प्रदर्शन हुने

शेयर गर्नुहोस्

२२ नोभेम्बर २०२२/लिमासोल

नेपालमा सुपरहिट भएको  चलचित्र ” दुई  नम्बरी ” साइप्रसमा पनि  प्रदर्शन हुने भएको छ।  आगामी २७ तारिख आइतबारको दिन लिमासोल सहर  स्थित रियो सिनेमा हलमा बिहान ११ बजे  चलचित्र प्रदर्शन हुन लागेको हो। साथै, निकोसिया का दर्शकले भने  डिसेम्बर ४ तारिखमा  प्यान्थियोन हलमा  दिउँसो १२:१५ बजे सो चलचित्र हेर्न पाउने छन्।

एस.एम.  इभेन्ट, इन्टरनेमेन्ट एण्ड ट्राभल सोलुसन र कोष ओभरसिजले साइप्रसको लागि “राइट्स” लिएर  चलचित्र प्रदर्शन गर्न लागेको हो।

“नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ” भन्ने उदेश्यका साथ स्थापना भएको एस.एम.  इभेन्ट, इन्टरनेमेन्ट एण्ड ट्राभल सोलुसनले साइप्रसमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ।

‘घामपानी’, ‘छ माया छपक्कै’ जस्ता सफल चलचित्र निर्देशन गरेका दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा “दुइ नम्बरी” तयार भएको चलचित्र हो। यो चलचित्र मा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

चलचित्रमा दुई साथीको मित्रताको कथालाई प्रस्तुत गरिएको छ । भुटानी अभिनेत्री उगेनको यो प्रथम (डेब्यु )नेपाली चलचित्र हो । फिल्ममा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ ।

टिकटको लागि सम्पर्क : INFO- 94044930

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।