प्रवास

पोर्तुगलको सपना बोकेर हिडेकी सन्जिताको स्लोभानियामा मृत्यु

शेयर गर्नुहोस्

युरोप , क्रोसिया , युरोपियन देश क्रोसियाबाट पोर्तुगलका लागि अबैध बाटो हुदै नेपाल सिन्धुपाल्चोक ईन्द्रावती गा.पा.की सन्जिता गोतामेको स्लोभानियाको जंगलमा मृत्यु भएको छ ।

क्रोसियामा कार्यरत पत्रकार मनि काफ्लेले गैर आवासिय नेपाली सघं क्रोसियाको पहलमा मृतकको शव स्लोभानिया प्रहरीको सहयोगमा जंगलमा भेटिएको जानकारी दिनुभयो । मृतक गोतामे केही कामको सिलसिलामा क्रोसिया आएको र पोर्तुगल जानका लागि अबैध बाटो रोजी जान खोजेपछि मृत्यु भएको हुन सक्ने काफ्लेले बताए । गोतामेको शव गैरआवासीय नेपाली सघं र नेपाली राजदुतावास भियना मार्फत आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको छ ।

उता एनआरएनए क्रोसियाले पोर्तुगलको सपना बोकेर अबैधानिक बाटो नरोज्न सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

शेयर गर्नुहोस्