नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार साइप्रसमा पनि मनाउने तयारी गरिएको छ। आगामी मार्च ५ तारिख का दिन लिमासोल निकोसिया हाइवे मा अवस्थित ट्रीकिस प्यालेस हल वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरि मनाउने तयारी छ ।
शेर्पा किदुग साईप्रसले आयोजना गर्न लागेको कार्यक्रममा गायक तथा मोडेल लाक्पा आमोद शेर्पाको विशेष सांगीतिक प्रस्तुति संगै लाखे क्रियसनको डिजे सेसन पनि रहने बताइएको छ ।
पोर्चुगल बाट आउँन लागेका अतिथि कलाकार लाक्पा आमोद शेर्पा संगै साइप्रसमा नाम कमाउन सफल स्थानीय कलाकारको पनि जोडदार सांगीतिक प्रस्तुति रहने शेर्पा किदुग साईप्रसले जनाएको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो।
समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धान्कर्ता टीका शेर्पाले सुनाए। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए।
पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।
शेर्पा किदुग साईप्रसले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरि ग्याल्पो ल्होसार मनाउदै आएको छ।
साइप्रसका विभिन्न शहर बाट यातायात को व्यवस्था गरिएकोले टिकट का निम्ति निम्न व्याक्ति संग सम्पर्क गर्न आयोजकले सुचना जारी गरेको छ।
पापोस : कारेबेला बसपार्क बाट
समय : बिहान ठिक 8:30 बजे
पेम्बा शेर्पा ~ 97826893
छिरिङ शेर्पा ~ 96206624
राना योञ्जन = 96657796
निकोसिया : इन फ्रान्ट ओफ अर्मि क्याम
( in front of Army camp )
समय : बिहान ठिक 8:30 बजे
फुर्वा शेर्पा ~ 99784985
आङ फुर्वा शेर्पा ~ 96524105
पारालिमिनि : मेन बस स्टाप बाट
समय : बिहान ठिक 8:00 बजे
याङ्डी शेर्पा – 99619745
नानु गोम्जा तामांग 96739953
लार्नाका : ओल्ड हस्पिटल बस स्टेशन
समय : बिहान ठिक 8:30 बजे
याङडी शेर्पा – 99123949
याङजी शेर्पा – 96168726
लिमासोल :(मोलोस sunday market)अगाडी बाट
समय : बिहान ठिक 8:30 बजे
छिरिङ याङ्जुम शेर्पा 95538420
कुसाङ शेर्पा – 97652291