साइप्रस न्युज

लिमासोलमा गणेशउत्सव मनाउदै भारतिय समुदाय

शेयर गर्नुहोस्

गणेश चतुर्थी को अवसरमा भारतिय समुदायले गणेश उत्सव २०२३ मनाउने तयारी गरेको छ। सेप्टेम्बर ३० तारिख साँझ ७ बजे देखि लिमासोल स्थित म्युनिसिपालिटी थियटर मा गणेशउत्सब भव्य रुपमा मनाउने तयारी रहेको आयोजक ले जानकारी दिएको छ।
साइप्रस सरकारमा दर्ता भएको गैर-नाफामुलक सामाजिक संस्था “संस्कृति साइप्रस ” ले सो उत्सव आयोजना गर्न लागेको हो ।
सामाजिक र सांस्कृतिक गतिविधिहरू मार्फत साइप्रसमा भारतीय समुदायलाई प्रोत्साहन र समर्थन गर्ने उद्देश्यले संन् २०२०मा “संस्कृति साइप्रस” स्थापना भएको हो ।
भारतिय दुतावासको सहयोगमा हुने यो कार्यक्रममा भारतिय कला, संस्कृति,र विभिन्न भारतिय व्यन्जन सहित मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुति हुने बताइएको छ।
आयोजकले दिएको जानकारी अनुसार “बिर्सन नसकिने ” नृत्य, ढोल/तासा प्रस्तुती, भारत का विभिन्न राज्यका संस्कृतिक झाँकी हरु को समेत प्रस्तुती रहने छ।
विगत ३ वर्ष देखि साइप्रसमा विभिन्न हिन्दु पर्वलाई संस्थाले मनाउदै आएको छ।

अनलाइन मार्फत दर्ता गर्न यो लिन्क मा क्लिक गर्नु होला ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।