संघसंस्था गतिविधिसाइप्रस न्युज

साइप्रस आउँदै गायक प्रमोद खरेल

शेयर गर्नुहोस्

नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक प्रमोद खरेलले साइप्रस तताउने भएका छन्। शुभ दिपावली  को अवसर पारेर कोष ओभरसिज प्रा. लि. र एस एम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुशनको मुख्य आयोजनामा  सांगीतिक कार्यक्रम हुन लागेको हो।

नोभेम्बर १२ तारिख मा निकोसियाको डाइमन्ड हल मा हुने कार्यक्रममा गायक खरेल सहित स्थानिय कलाकारले बजोड सांगीतिक प्रस्तुति दिने छन्।

गायक खरेलको  यस अघिका साइप्रसका दुइ  कार्यक्रमहरु अन्तिम दिन मा आएर स्थगित भएको थियो। यी दुइ कार्यक्रममा आउने क्रममा इराक र लेबनानका  अध्यागमन विभागले अनावश्यक केरकार गरि  ढिलाई गरे पछि  सो कार्यक्रमहरु स्थगित भएको थियो।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति तथा नेपाली गीत संगीतको संरक्षण प्रबर्धन र उत्थान गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको हो। एस एम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुशन ले विगतका केहि वर्ष देखि साइप्रसमा नेपाली चलचित्रको प्रदर्शनी गर्दै आएको छ भने गत सेप्टेम्बरमा पहिलो कार्यक्रम स्वरुप “तिज महोत्सव २०२३” कार्यक्रम आयोजना गरेको थियो।

तिज कार्यक्रममा भएका कमिकमजोरीलाई मनन गर्दै  प्रतिक्रिया र सुझाव अनुसार यस पटक भने दर्शकलाई  फरक अनुभव हुने किसिमले तयारी गरिएको आयोजकले जानकारी दिएको छ।

दर्शकको भरपुर मनोरंजनका लागि खाना व्यवस्थापन र सांगीतिक प्रस्तुतीमा विशेष ध्यान राखि  तयारी गरिएको आयोजकले जनाएको छ। स्थानिय कलाकार ले पनि आफ्नो दमदार प्रस्तुतिका लागि तयारी गरि रहेका छन् । कार्यक्रम लाई थप मनोरञ्जनात्मक बनाउन देउसी भैलो को पनि तयारी  गरिएको छ।

चर्चित रियालिटी सो  “भ्वाइस अफ नेपाल ” का जज समेत रहेका गायक खरेलले सुगम गित देखि लिएर चलचित्र हुदै लोकगित सम्मका गित गाइ सकेका छन् । भुपु माया, यो कुरा गोप्य , भाग्यमा खोट छ, म बाचेकै, चोट दिनेलाई, धोकेबाज, बिजुलिको तार, मेरो दिल छ पोखरामा लगाएतका थुप्रै गितहरु चर्चित पनि भैसकेका छन्।

कार्यक्रम स्थल सम्म को लागि आयोजक ले साइप्रसका  सबै सहर बाट यातायात को व्यवस्था गरेको छ। प्रवास बुलेटिन र साइप्रस नेपाल डट कम  मिडिया पार्टनर रहेका छन्  भने कार्यक्रमलाई सुदूरपश्चिमेलि नेपाली समाज साइप्रस ले साथ  दिएको छ।

टिकट को मुल्य २० युरो तोकिएको छ।

बस लाग्ने स्थान, टिकट का लागि सम्पर्क व्याक्ति बारे जानकारी

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।