Domestic Workerसाइप्रस न्युज

साइप्रसमा एक नेपाली युवतीको मृत्यु (अपडेट १)

शेयर गर्नुहोस्

साइप्रसको नेपाली समुदायले फेरि एक नेपाली गुमाएको छ। लिमासोलमा हिजो बुधबार एक नेपाली युवतीले आत्महत्या गरेको खबर बाहिरिएको थियो।
घरेलु कामदारको रुपमा करिब २ वर्ष अघि साइप्रस आइपुगेकी  युनिसा  तामाङलाई मृत फेला पारेको  बताइएको हो।

प्रहरी को प्रारम्भिक रिपोर्ट अनुसार बुधबार दिउसो साढे २ बजे मृतक का रोजगारदाताले तामांग लाई आफ्नो घर मा मृत फेला  पारेको थियो। रिपोर्टका अनुसार  लिमासोल जेनेरल हस्पिटलका डाक्टरले  तामांगलाई मृत घोषणा गरेका थिए। सिन्धुपाल्चोक घर भएकी २७ वर्षिय युनिसा  तामाङको मृत्यु को   कारण भने नखुलेको लिमासोल प्रहरीले जानकारी दिएको छ।

यस विषयमा  अहिले लिमासोल सीआइडि ले अनुसन्धान गरि रहेको छ।

शवलाई लिमासोल मै पोस्ट मार्टम गरिने बताइएको छ।

मृतकक आफन्तका अनुसार उनी आगमी महिना छुट्टीमा नेपाल जाने योजना रहेको थियो।
नेपाली कन्सुलेट अफिस निकोसियाले मृतक तामाङ भएको पुष्ठि गरेको छ।
गत महिना पनि एक नेपाली घरेलुु कामदारले साइप्रस आएको एक हप्ता नहुदै आत्महत्या गरेकी थिइन् । सम्पुर्ण प्रक्रिया पूरा गरि बुधबार दिउँसो शव नेपाल पठाइएको थियो।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा एक नेपाली युवतीको मृत्यु (अपडेट १)

Leave a Reply

Your email address will not be published. Required fields are marked *