Paid Promotionसंघसंस्था गतिविधि

साइप्रसमा माघे सकराती पर्व भव्य गरि मनाइयो (तस्बिर सहित)

शेयर गर्नुहोस्

मगरहरुको मौलिक सांस्कृतिक पर्व माघे सकरातीलाई साइप्रसमा धुमधाम गरि मनाइएको छ। गत आइतबार लिमासोल स्थित फ़ेन्तास्टिक हलमा नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरि माघे सकराती मनाएको हो।

संस्थाकि वरिष्ठ उपाध्यक्ष आशा बुढा मगर को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जसु पुन मगर, विशिष्ट अतिथि  एन आरएनए आइसीसी  सदस्य  कुन्दन कार्की,  गैर आवासीय नेपाली संघ साइप्रसका पुर्व अध्यक्ष तथा  समाजसेवी सुबास मल्ल को उपस्थिति थियो।

विशिष्ट अतिथि कुन्दन कार्कीले माघे सकरती को शुभकामना व्यक्त गर्दै  साइप्रस भरिका नेपालीलाई भेटघाट र परिचय गर्ने वातावरण बनाएकोमा आयोजकलाई धन्यवाद दिए।

विशेष अतिथिहरुमा संयुक्त राष्ट्र शान्ति मिशन साइप्रसमा खटिनु भएका नेपाल प्रहरी नायब उपरीक्षक रबिन्द्र गुरुङ,  नेपाल प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारी, नेपाल प्रहरी नायब उपरीक्षक निरन थापा, नेपाल प्रहरी नायब उपरीक्षक कमल बेल्बासे र नेपाल प्रहरी नायब उपरीक्षक निरन थापा को उपस्थिति थियो।

त्यस्तै, अतिथिहरुमा नेपाल मगर संघ साईप्रसका सस्थापक अध्यक्ष खगेन राना मगर, गायक सुरेन ताम्लिङ, गैर आवासीय नेपाली संघ साइप्रस का युवा प्रतिनिधि बिकास श्रेष्ठ, नेपाल मगर संघ साईप्रसका पुर्व कोषाध्यक्ष  धनसरी थापा मगर, समाजसेवी बिना थापा मगर, नेपाल तामाङ घेदुङ साइप्रसका सस्थापक अध्यक्ष नानू गोम्जा, जनप्रगतिशिल मञ्च साइप्रस तथा सुदूरपश्चिमेलि सेवा समाज साइप्रसका सल्लाहकार केशव चंन्द ठकुरी को उपस्थिति थियो।

त्यस्तै साइप्रसमा स्थापित विभिन्न संघसंस्थाका प्रतिनिधिले पनि उपस्थिति जनाएका थिए।

किरात राई यायोक्खा साइप्रसका अध्यक्ष  नवीन राई, किरात याक्थुङ चुम्लुङ साइप्रसका  अध्यक्ष चुमन्ता तुम्बापो लिम्बू , शेर्पा किदुक साइप्रसका अध्यक्ष , नेपाल तामाङ घेदुङ साइप्रसका अध्यक्ष सुनी डिम्डुङ तामाङ , तमु समाज साइप्रसका सह-कोषाध्यक्ष सुनिता गुरुङ,  ह्योल्मो युनिटी साइप्रसका अध्यक्ष  निमा डोल्मा स्याङ्बा ह्योल्मो, जनप्रगतिशिल मञ्च साइप्रसका अध्यक्ष नवीन चौलागाईं, राष्ट्रिय जनमुक्ति मञ्च साइप्रसका कोषाध्यक्ष शिला कुवर, नेपाली जनसम्पर्क समिती साइप्रसका सदस्य सिमाना लिम्बु, प्रवासी नेपाली एकता मञ्च साइप्रसका  अध्यक्ष चिन्तन बुढा मगर, प्रवासी नेपाली मञ्च साइप्रसका प्रतिनिधिले आतितथ्या जनाए।  त्यस्तै,

चितवन सेवा समाज साइप्रसका  बरिस्ठ उपाध्यक्ष लक्ष्मी रेग्मी, दिदिबहिनी बचत समुह लिमासोल कि  शशिकला राई।  सुदूरपश्चिम सेवा समाज साइप्रसका अध्यक्ष रमिता चंन्द , रुपन्देही सेवा समाज साइप्रसबाट  बिबा विस्वकर्मा,  नेपाली एकता समाज साइप्रसका  अध्यक्ष खिमान थापा, पोखरा सेवा समाज साइप्रसका  उपाध्यक्ष आमा पोख्रेल, इपिस्कोपी गोर्खाज परिवारबाट जितेन शाक्य, डेक्लिया गोर्खाज परिवार बाट  ललित पुन, नेपाली गोर्खाज परिवार बाट काजिमान गुरुङ , याम गुरुङ र  सुरज राई साथै बुद्धिजीवी सुर्य कुमार राई, बुद्धिजीवी दिपेन भन्डारीको पनि आतितथ्या रहेको थियो।

सांस्कृतिक कार्यक्रममा  गायिका ज्योति मगरको सांगीतिक प्रस्तुति , स्थानिय कलाकारको दमदार नृत्य

गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचार को लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित “मगर- अक्षयकोष” को सहयोगार्थ गरिएको कार्यक्रममा नेपाल बाट  आमन्त्रित गायिका ज्योति  मगरको सांगीतिक प्रस्तुतिले चिसिएको माहोल तातिएको थियो। गायिका मगरले आफ्ना चर्चित गित गाएर दर्शकलाई उफारिन।  दर्शक दिर्घाबाट  “वान्स मोर ज्योति दिदि ” भनेर आएको अनुरोधमा “सोल्टिनी भन बेबी भन तर दिदि चै नभन ”  भनेर दर्शक संग जिस्कि रहिन।  सांगीतिक प्रस्तुति को बीच बीचमा  दर्शक संग ठट्टा गर्दै गायिका मगरले भरपुर मनोरंजन दिन सफल भइन।

स्थानिय कलाकारहरु को सांगीतिक प्रस्तुति दमदार रह्यो। मगर कल्चर ग्रुपले विभिन्न बोल का गितमा नृत्य प्रस्तुत गर्यो भने शेर्पा कल्चर ग्रुपले पनि नृत्य प्रस्तुत गरेको थियो।  सियाना मगर, बिनिता मगर, शिला बस्नेत, बसन्ती लामा, सरिता बराइली,  छमी मगर ,युनिशा मगरले आकर्षक  नृत्यले दर्शकको मन जित्यो। सपना पुन मगर ले पन्चे बाजा र सालैजो भाकामा गित गाएर दर्शन नचाए भने समिर  जंग लामाले गित गाएर वाहवाही पाए।

“जान त साइली जाने हो” बोलको गीति नृत्यमा गरिएको अभिनयले दर्शकको आँशु बगायो।  मगर कल्चर ग्रुपका कलाकारले गरेको अभिनयले केहि बेर नेपाल मै रहेको अनुभूति गराएको थियो।

परम्परागत खाना र पहिरन

माघे सकाराती विशेष कार्यक्रम  भएकाले आयोजक संस्थाले परम्परागत खाना को व्यवस्था गरेको थियो।  दर्शक मध्य अधिकांस मगर भेषभुषा रआ-आफ्ना परम्परागत भेषभूसामा देखिन्थियो।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।