साइप्रस न्युज

भुकम्प पिडितका लागि साइप्रसबाट राहत सामाग्री

शेयर गर्नुहोस्

जाजरकोट भुकम्प पिडितका लागि साइप्रसबाट राहत वितरण गरिएको छ। भुकम्प पिडितका लागि साइप्रसमा अभियान चलाइएको थियो । डान्सर तथा अनलाइन व्यवसायी विशान्त जङ्ग शाहीको पहल मा चलाइएको अभियानबाट करिब ५५,८०० रुपैया संकलन भएको थियो ।


संकलन गरिएको आर्थिक सहयोगलाई जाजरकोटका विभिन्न ३ विध्यालयमा अध्ययनरत भुकम्प पिडित विधार्थीलाई २३० वटा स्कुल झोला वितरण गरिएको हो ।
जनवरी महिनाको अलग अलग मितिमा विधालयका प्रधानाध्यापक, वडा अध्यक्ष, युवा संघ जिल्ला अध्यक्ष र अन्य राजनीतिक दलका प्रतिनिधिको रहोबरमा प्राथमिक तहका विद्यार्थीलाई झोला वितरण गरिएको अभियान्ता शाहीले जानकारी दिए ।


छेडागाड नगरपालिका वडा न. ५ का ३ वटा बिद्यालय श्री भाग्योदय मा.बि बडावन , श्री दोभान बिध्याज्योति प्राथामिक बिधालय थलह बजार र श्री जनता बालबिकास केन्द्र बडाबन लाई राहत वितरण गरिएको हो ।
सहयोगी सम्पुर्णलाई अभियान्ता शाहीलाई धन्यवाद दिए।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।