गर्मीले १० वर्षको रेकर्ड तोड्यो, आज तापक्रम ४६.२ डिग्री

शेयर गर्नुहोस्
४ सेप्टेम्बर २०२०/लिमासोल

शुक्रबार साइप्रसमा एक दशक यताकै उच्च तापक्रम दर्ज भएको छ । निकोसियाको अथालसा स्थित बन विभागमा ४६.२ डिग्री सेल्सियस तापक्रम मापन भएको हो । यस अघिको उच्च तापक्रम सन् २०१० अगस्ट १ तारिखमा ४५.६ डिग्री सेल्सियस मापन गरिएको थियो । एथिनौमा पनि ४६ डिग्री तापक्रम दर्ज भएको थियो  जुन अहिले सम्म कै उच्च हो।
शुक्रबारको उच्च तापक्रम दर्ज भए पछि श्रमिकको स्वास्थ्यलाई ध्यानमा राख्दै श्रम मन्त्रालयले बाहिर खुल्ला आकाशमुनि गरिने सबै किसिमको  काममा रोक लगाएको थियो । अत्यधिक गर्मि र सापेक्षित आद्रताले तातेको टापुलाई मौसम विभागको अर्को सुचनाले थप ततायो। वायुमा धुलोको मात्रा बढेको जानकारी दिदै श्वासप्रश्वास सम्बन्धि बिरामी र वृद्ध वृद्धाले थप ख्याल राख्नुपर्ने बताइको थियो ।

गर्मीमा पानीको मजा लिदै बालिका


गर्मी बढे संगै  विद्युत खपत  अहिले सम्मकै रेकर्ड भएको  विद्युत प्राधिकरण साइप्रसले जनाएको छ । आज दिउँसो २ बजे को खपत ११६० मेगावाट थियो जसले २०१० मा दर्ज भएको ११४८ मेगावाट को रेकर्ड तोडिएको हो विद्युत प्रसारण प्रणाली साइप्रसका प्रवक्ताले बताएका छन् ।
सासै रोकिने किसिमको गर्मी निकोसियामा ४६.२ डिग्री सेल्सियस, फ्रेनरोसमा ४१, प्रोडरोमोसमा ३८, लार्नाका एयरपोर्टमा ३८, पापोस एयरपोर्टमा ३६ डिग्री सेल्सियस मापन गरिएको थियो । सापेक्षित आद्रता भने निकोसियामा १३%, पापोसमा ७२% र पोलिसमा ६६% रहेको थियो । शनिबार पनि तापक्रम ४०-४२ डिग्री र ट्रोदोस मा ३५ डिग्री रहने अनुमान गरि मौसम विभागले “ओरेन्ज अलर्ट” जारी गरेको छ । यो हप्ता मात्रै ३ पटक “रेड अलर्ट” जारी भै सकेको छ । आइतबार, सोमबार र मङलबार भने मौसम सफा रहने र गर्मी केही कम हुने मौसम विभागले बताएको छ।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *