देश विदेश

पूर्वराष्ट्रपतिले नियम मिचेर खोप लिएको आरोप

शेयर गर्नुहोस्

बीबीसी । पेरूका पूर्वराष्ट्रपति मार्टिन भिज्कार्रालाई नियम मिचेर आफूले कोभिड–१९ खोप लिएको आरोप लागेको छ। उनले आफूले सपत्नीक गत अक्टोबरमा खोपको परीक्षण चलिरहँदा स्वयंसेवक बनेर खोप लिएको दाबी गरेका छन्।

तर मङ्गलवार संसद्‌मा भएको सुनुवाइमा उपस्थित भएका एक चिकित्सकले पूर्वराष्ट्रपतिको दाबीको खण्डन गरेका छन्। खोप परीक्षणको नेतृत्व गरेका डा। जर्मन मलागाले भने, ‘उनले मसँग दुईवटा खोपका लागि अनुरोध गरे।’ भिज्कार्रालाई गत वर्ष नोभेम्बरमा भ्रष्टाचारको छुट्टै आरोपमा महाभियोग लगाएर पदमुक्त गरिएको थियो।

एउटा पत्रिकाले उनले तथा अन्य सरकारी अधिकारीहरूले सुरुमै खोप लिएको विषयमा समाचार प्रकाशित गरेपछि पूर्वराष्ट्रपति फेरि विवादमा परेका हुन्। पेरूका राष्ट्रपति फ्रान्सिस्को सागास्टीका अनुसार ४८७ व्यक्तिले नियम मिचेर चीनमा बनेको कोभिडविरुद्धको खोप लिएका थिए।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *