कोरोनासाइप्रस न्युज

साइप्रसमा तेस्रो लकडाउन, पसल जान पनि पिसिआर रिपोर्ट चाहिने

शेयर गर्नुहोस्

समिम मियाँ

२४ अप्रिल २०२१ / लिमासोल

आगामी अप्रिल २६ बाट साइप्रसमा देशब्यापी तेस्रो लकडाउन लाग्दै छ।  यो तेस्रो लकडाउन २ हप्ताको हुने बताइएको छ।  सरकारले लकडाउन मा लागु हुने विभिन्न  नियम बारे जानकारी दिएको छ। दोस्रो चरणको  लकडाउन खुलेको करिब एक  महिना नपुग्दै संचालनमा आएका सबै व्यापार, व्यवसाय, जिम, रेस्टुरेन्ट, होटेल, क्याफे, बार पुन: एक पटक बन्द हुने छन्।  रेस्टुरेन्टले होम डेलिभरी मार्फत सेवा प्रदान गर्न सक्नेछन्।

त्यस्तै, २६ अप्रिल  देखि दैनिक रुपमा राति ९ बजे बाट बिहान ५ बजे सम्म कर्फ्यु लागु हुनेछ, यस अघि यो समय राति ११ बजे देखि थियो। तर यो समयमा पनि काममा जान र काम बाट आउनेहरुको लागि इम्प्लोयर को पत्र ” इम्प्लोयमेन्ट मुभमेन्ट फर्म ‘ अनिवार्य गरिएको छ। साथै कर्फ्युको समयमा हस्पिटल, मेडिकल, फार्मेसी र भेटनरी डाक्टरको जानको लागि अनुमति दीएको छ।

सामाजिक कार्यक्रम, सार्वजनिक भेटघाट, मिटिंग लगायतका जुनसुकै कारणका लागि पनि गरिने जमघट पनि मनाही गरिएको छ। सरकारका अनुसार  सार्वजनिक पार्क, पिकनिक स्थल, ड्याम, स्क्यायर, मारिना लगायतका स्थलमा जम्मा हुन निषेध गरिएको हो। त्यस्तै, घर बाहिर काम विशेषले निक्स्किनको लागि अनुमति लिन प्रतिदिन एक एसएमएस मात्र पठाउन सकिने व्यवस्था गरिएको छ केहि दिन अघि भने प्रतिदिन ३ वटा सम्म एसएम एस पठाउन सकिन्थियो। कोरोनाको भ्याक्सिन लगाउन जान भने कुनै किसिमको एसएमएस पठाउन नपर्ने भनिएको छ।

एसएमएस पठाउन कारण अनुसारको नम्बर रोजेर आफ्नो आइडि वा पासपोर्ट नम्बर र आफु बस्ने स्थानको एरिया कोड लेखेर ८९९८ मा पठाउन सकिन्छ।

चर्च तथा अन्य धार्मिक स्थलहरु गरिने पुजा आराधना भने भक्तजन बिना नै गर्न भनिएको छ। तर व्याक्तिगत रुपमा आयोजना गरिने प्राथना मा भने बढीमा १० जना सम्म जम्मा हुने सकिने जानकारी दिऎको छ।   अर्को हप्ता मे २ तारिख  देखि सुरु हुने ग्रीक अर्थोडक्स इस्टरको लागि भने सरकारले सामान्य लचकता दिएको छ।

सो दिनका लागि मात्रै एकै घरका २ परिवार बढी मा १० जना सम्म जम्मा भएर इस्टर मनाउन सकिनेछ भने मे १ तारिखका दिन भने ‘होलि स्याटर डे  ‘ का दिन भने चर्च परिसरमा कोरोना प्रोटोकोलको ख्याल राख्दै ५० जना सम्म जम्मा हुने सकिने सरकारले जनाएको छ। भक्तजनको ख्याल गर्दै सरकारले  केवल पवित्र शनिवारको  राति मात्र कर्फ्यु १ बजे देखि लागु हुने छ तर अन्य दिन भने ९ बजे देखि नै कर्फ्यु  लाग्ने भनिएको छ।

सरकारले जारि गरेको नयाँ नियम अनुसार थियटर, सिनेमा र कार्यक्रम स्थल, कोरोना नियम अनुसार  परिभाषित गरिएका पसल, जिम, डान्स स्कुलका साथै अन्य खेलकुद सम्बन्धी स्कुल, बेटिङ्ग सप, बार्बर सप, हेयर सलुन र ब्युटी पार्लर को सबै काम स्थगित गरिएको छ।

नेगेटिभ रिपोर्ट अनिवार्य 

मे १०, २०२१ देखि भने लकडाउन पूर्ण रुपमा खुल्ने छन तर विभिन्न स्थानमा जानको लागि भने ७२ घण्टा भ्यालिड भएको  र्यापिड टेस्ट वा पिसिआर टेस्ट को नेगेटिभ रिपोर्ट लिएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउन भनिएको छ।  डाइनिङ्ग एरिया, मिटिंग एरिया, जिम, खुद्रा पसल, थियटर, सिनेमा लगायत का भिडभाड हुने एरियामा जानको लागि नेगेटिभ रिपोर्ट वा कोभिड १९ को कम्तिमा पहिलो डोज खोप लगाएको प्रमाण देखाएर मात्र प्रवेश पाइने बताइएको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा लकडाउन पुरा जानकारी 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “साइप्रसमा तेस्रो लकडाउन, पसल जान पनि पिसिआर रिपोर्ट चाहिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *