साइप्रस न्युज

कहाँ कहाँ जाँदा “सेफ पास” अनिवार्य देखाउनु पर्छ ?

शेयर गर्नुहोस्

समिम मियाँ

१३ मे २०२१/ लिमासोल

साइप्रसको देशव्यापी तेस्रो  लकडाउन गत सोमबार देखि हटाइ संगै घर बाहिर जान लिनु पर्ने अनुमति एसएमएम सिस्टम  पनि बन्द गरिएको छ।  तर आम नागरिक स्वतन्त्र भएर हिड्न को लागि भने कोरोना भाइरस सेफ्टी सिस्टम लागु गरेको छ। यो सिस्टम अस्थायी रुपमा लागु भएको हो। मे महिनाको ३१ सम्म सेफ पास लागु रहनेछ।  यो नियम लागु भए संगै सरकारले खोप कार्यक्रमलाई अझै प्रभावकारी बनाएको छ।  सरकारले आज को मिति सम्म करिब एक लाख नागरिकलाई पुर्ण रुपमा भ्याक्सिन लगाइसकेको छ भने चार लाख जनालाई भने एक डोज को खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जुन महिनाको अन्तिम सम्ममा ६५% जनसंख्यालाई कम्तिमा एक डोज खोप लगाइसक्ने लक्ष्य रहेको मन्त्रालयले बताएको छ।

के हो सेफ पास ?

नयाँ सेफ्टी सिस्टम अन्तर्गत कुनै पनि व्याक्ति स्वतन्त्र भएर हिड्न कोभिड सर्टिफिकेट आवश्यकता  पर्ने बताइएको छ जसलाई सरकारले   “सेफ पास” को नाम दिएको छ। यो सर्टिफिकेट साइप्रस नागरिक को लागि यो महिना सम्म मात्र लागु हुनेछ भने पुरै युरोप को लागि पनि यस्तै किसिमको डिजिटल सर्टिफिकेट “ग्रीन पास “जुन महिना बाट सुरु हुन लागेको हो।  “ग्रीन पास लागु भए पछि भने सेफ पास सम्भवत प्रतिस्थापन हुनेछ।

सरकारी टोलि वा सरकारी मान्यता प्राप्त अस्पताल वा ल्याब बाट ७२ घण्टा भित्र प्रमाणित गरिएको नेगेटिभ  र्यापिड एण्टिजेन/ पिसिआर टेस्ट  रिपोर्ट वा नेगेटिभ रिपोर्ट आएको एस.एम.एस  देखाउनु पर्ने हुन्छ।  वा  कम्तिमा एक डोज कोरोना विरुद्धको भ्याक्सिन लगाएको ३ हप्ता समय भएको भ्याक्सिन सर्टिफिकेट वा पछिल्लो छ महिनामा कोरोना संक्रमित पुष्टी भएको प्रमाण वा हालै साइप्रस प्रवेश गरेको भए साइप्रस फ्लाइट पास देखाउनु पर्ने हुन्छ। कोभिड संक्रमण पश्चात हस्पिटल बाट  निको भएर फर्कने लाई स्वास्थ्य मन्त्रालयबाट एसएमएस र सेफ पास प्राप्त हुनेछ भने एसएमएस को भ्यालीडिटि १८० दिनको हुनेछ।  यी सबै एसएमएस र प्रमाणहरुलाई  सेफ पास अन्तर्गत पर्दछन्।

[sc name=”ad12” ]

यो पनि पढ्नुहोस् :

कहाँ कहाँ जाँदा चाहिन्छ सेफ पास ?

सरकारी अधिकारीहरुका अनुसार  विभिन्न स्थानमा जाँदा सेफ पास अनिवार्य  देखाउनु पर्ने हुन्छ।  स्वास्थ्य मन्त्रालयका अनुसार सेफपास चेकिङ्ग गर्ने अधिकारीले १२ वर्ष भन्दा माथिका जुन सुकै व्याक्ति संग पनि विभिन्न  स्थानमा सेफपास माग गर्न सक्छ। सरकारले गत मे १० देखि देश भरि लागु गरेको नियम अनुसार रेस्टुरेन्ट, क्याफे, बार, क्लब, धार्मिक स्थल, इन्डोर/ आउटडोर थियटर, सिनेमा हाल वा पार्टी प्यालेश, सपिङ्ग सेन्टर, डिपार्टमेन्टल स्टोर साथै, बिवाह वा मलामी जाँदा, जिम, डान्स स्कूल वा अन्य खेलकुद स्कुल, होटेल तथा टुरिस्ट क्याम्प, नर्सिङ्ग होम, वृद्धाश्रम, एम्पिथियटर, भोजन स्थल , क्यासिनो , विभिन्न कन्फ्रेन्स र व्यापार मेला मा जान सेफ पास अनिवार्य  देखाउनु पर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

कहाँ जादा सेफ पास आवश्यक पर्दैन ?

हेयर ड्रेसर, ब्युटी पार्लर, बैंक जादा सेफ पास आवश्यक पर्दैन।  साथै, फलफुल पसल, सुपर मार्केट, बेकरी, मासु पसल, माछा बजार, मिनी मार्केट, कियोस्क , फार्मेसी, फार्मर मार्केट, पिकनिक एरिया, ड्याम, जुवा र बेटिङ्ग सप र चिडियाखाना जान पनि सेफ पास आवश्यक पर्दैन।   साथै, नीजी तथा सार्वजनिक सरकारी विभागमा जान पनि सेफ पास आवश्यक नपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *