कोरोनासाइप्रस न्युज

भोलि बिहिबार देखि थप नयाँ नियम लागु हुदैँ, के छ नयाँ नियममा ?

शेयर गर्नुहोस्
समिम मियाँ
२९ डिसेम्बर २०२१/ पारालिम्नी

पछिल्लो तीन दिन मै सात हजार भन्दा बढि मा कोरोना संक्रमण देखिए पछि साइप्रसको स्वास्थ्य मन्त्रालय  झस्किएको छ।  चाडपर्वको बेला संक्रमणमा आएको उछालले हस्पिटलमा संक्रमित बिरामीको वृद्धि देखिने चिन्ताले मन्त्रालयलाई सताएको छ। संक्रमणको दर बढे पनि मृत्यु दर कम नै रहेको देखिएको छ।

संक्रमण बढे पछि आज कार्यवाहक राष्ट्रपति अन्निता दिमित्रीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको आकस्मिक बैठक ले विभिन्न निर्णय गरेको छ।

पछिल्लो तीन दिन मै सात हजार भन्दा बढि मा कोरोना हुनुले जनताले कोरोना नियम पालना नगरेको तर्फ इंकित गरेको छ।

खोप नलगाउनु, मास्क प्रयोग नगर्नु, चाड पर्वमा  भिडभाड गर्नु, सामाजिक दुरी र कोरोना नियम पालना नगर्नुले संक्रमण फैलिन मदद पुगेको स्वास्थ्य मन्त्रालयको अनुमान छ।

आगामि मंगलबार सम्म महामारीको स्थिति हेरी नियम को समिक्षा गरिने बताइएको छ। अहिले नै लकडाउन हुने सम्भावना भने अत्यन्त कम  रहेको बुझिएको छ।

स्वास्थ्य मंत्री मिखालिस हाड्जिपेंतालेस ले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै आगामी ४ जनवरी २०२२ देखि १५ जनवरी २०२२ सम्म उडान हुनु ४८ घण्टा अघि को नेगेटिभ पिसीआर रिपोर्ट लिएर साइप्रस प्रवेश गर्न दिने र फ्लाइट ल्याण्ड हुना साथै आफ्नो खर्चमा अनिवार्य कोरोनाको पिसिआर टेस्ट गराउनै पर्नेछ। एयरपोर्ट मा गरिने टेस्ट को नतिजा हेर्न यहाँ गर्नुस् 

कोभिड विरुद्दको जुन र जति डोज खोप लगाएको भए वा नभए पनि सबै यात्रुले पिसिआर टेस्ट गर्ने पर्ने बताइएको छ।

साथै, भोलि ३० डिसेम्बर देखि लागु हुने गरि नाइटक्लब, म्युजिक तथा डान्स सेन्टर, पार्टि प्यालेस, विवाह, पास्नी र भोज मा जानको लागि भ्याक्सिन लगाएका ब्याक्तिलाई मात्र अनुमति दिने र भ्याक्सिन लगाएकाले पनि २४ घण्टा भित्रको नेगेटिभ र्यापिड टेस्ट पेश गर्नु पर्ने घोषणा गरिएको छ। तर यो बुस्टर डोज लगाएकाले भने र्यापिड टेस्ट गर्नु नपर्ने बताइएको छ।

भोलि बाट नै लागु हुने गरि रेस्टुरेन्ट, मनोरंजन क्लब, म्युजिक र डान्स सेन्टरमा कोभिड प्रोटोकोल पालना गरि क्षेत्रफल अनुसार  अधिकतम ३०० जना सम्म बस्न मिल्ने व्यवस्था मिलाउन भनिएको छ।

स्टेडियमहरु मा पनि ५० % दर्शक राखेर अनिवार्य मास्क सहित  कोरोना स्वास्थ्य प्रोटोकोल पालना गरि स्टेडियम संचालन गर्न सकिने तर प्रोतोकोल पालना नगरिएको पाए संचालन अनुमति  नै खारेज गर्न सकिने बताइएको छ। त्यस्तै, कुनै पनि कम्पनि को ४० % स्टाफले वर्क फ्रम होम गर्न निर्देशन दिइएको छ।  कोरोना संक्रमण भएका, संक्रमित को क्लोज कन्ट्याक्टमा आएका ले आफ्नो वार्षिक बिरामी  विदाबाट सो छुट्टी काटिने जानकारी दिएइएको छ।

त्यस्तै, तेस्रो डोज लगाएका बाहेक ले जेनेरल वा प्राइभेट हस्पिटलमा अकस्मात जानु परे व्यवस्थापन समिति को अनुमति लिएर २४ घण्टा भित्र को नेगेटिभ र्यापिड टेस्ट रिपोर्ट पेश गरेर मात्र जान सकिनेछ। बिरामी कुरुवा र बिरामी  भेट्न जान पनि २४ घण्टा भित्र को नेगेटिभ र्यापिड टेस्ट रिपोर्ट पेश गर्नु पर्ने बताइएको छ।

स्वास्थ्य मन्त्रालयले कपडा को मास्क प्रयोग नगर्न र डबल सर्जिकल मास्क वा KN95वा  FFP2 जस्ता उच्च सुरक्षा दिने मास्क प्रयोग गर्न सुझाव दिएको छ।

यो पनि पढ्नुहोस् : बुधबार  तीन हजारमा कोरोना संक्रमण, मंत्रीपरिषदको आकस्मिक बैठक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।