प्रविधी

मृत्युपछि के हुन्छ तपाइँ को फेसबुक अकाउन्ट ?

शेयर गर्नुहोस्

अहिलेको समयमा फेसबुक विश्वमै सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालमध्ये एक हो । यो कुनै निश्चित देशमा मात्र होइन, विश्वभरका कुनाकुनासम्म लोकप्रिय छ ।

धेरैजसो प्रयोगकर्ताको उपस्थिति फेसबुकसँगै ट्वीटर, लिङ्कडिन, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा समेत हुने गर्छ । जसमा उनीहरूको गतिविधि देखिने गर्दछ । तर कुनै कारणले प्रयोगकर्ताको मृत्यु पश्चात उसको सामाजिक सञ्जाल अकाउन्ट के होला ?

यदि तपाईंको मनमा पनि यस्तै जिज्ञासा छ भने आज हामी त्यसको समाधान गर्ने प्रयास गर्दैछौँ । फेसबुक प्रयोगकर्ताको मृत्यु भएपछि उसको फेसबुक अकाउन्ट चलिरहन्छ वा त्यसलाई बन्द गरिन्छ भन्नेमा पनि दुबिधा हुनसक्छ ।

त्यसो त फेसबुकले मृत्यु भइसकेका प्रयोगकर्ताको हकमा केही नियम बनाएको छ । जसको बारेमा कम्पनीले आफ्नो हेल्प सेन्टरमा जानकारी राखेको छ ।

जसअनुसार कुनै प्रयोगकर्ताले चाहेको खन्डमा आफ्नो मृत्युपर्यन्त आफ्नो फेसबुक अकाउन्ट ख्याल राख्न लिगेसी अकाउन्ट नियुक्त गर्न सक्छ । अथवा आफ्नो अकाउन्टलाई पूर्ण रुपमा फेसबुकबाट डिलिट गर्ने विकल्प समेत रोज्न सक्छ ।

मेमोरियलाइज्ड अकाउन्ट

यदि कुनै फेसबुक प्रयोगकर्ता आफ्नो मृत्यु पश्चात स्थायी रुपमा आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्ने विकल्प चयन गरेको छैन, तर फेसबुकलाई उक्त व्यक्तिको मृत्युको बारेमा जानकारी हुन्छ भने त्यस्तो अकाउन्टलाई मेमोरियलाइज्ड अकाउन्टमा परिवर्तन गरेर राखिन्छ ।

तपाईं सोच्नुहोला, यो मेमोरियलाइज्ड अकाउन्ट के हो अथवा कस्तो हुन्छ ? यस्तो अकाउन्ट परिवार तथा साथीहरूका लागि यस्तो स्थान बन्न पुग्छ, जहाँ उनीहरूले आफ्नो दिवंगत व्यक्तिको याद मेट्न सक्छन् ।

यदि तपाईंले आफ्नो फेसबुकमा रहेको कुनै मृत्यु भइसकेको व्यक्तिको अकाउन्ट हेर्नुभयो भने प्रोफाइलसँगै रिमेम्बरिङ (Remembering) लेखिएको देख्न सक्नुहुन्छ । यस्ता अकाउन्टको प्राइभेट सेटिङ अनुसार साथी तथा परिवारजनले मृत्यु भएको व्यक्तिको टाइमलाइनमा गएर याद मेट्न सक्छन् ।

त्यस्तो अकाउन्टको टाइमलाइनमा शेयर गरिएका फोटो, पोस्ट आदि रहिरहन्छन् । जसलाई शेयर गरिएका व्यक्तिहरूले देख्न सक्छन् । यसप्रकारका अकाउन्ट कुनैपनि प्रकारको रिमाइन्डरको रुपमा देख्न भने सकिन्न ।

साथै यस्तो अकाउन्ट कुनै पनि व्यक्तिले लगईन समेत गर्न पाउँदैन । अकाउन्ट मेमोरियलाइज्ड गरिएको व्यक्ति मात्र कुनै पेजमा एड्मिन रहेको थियो भने त्यस्तो पेज समेत डिलिट हुन्छ ।

लिगेसी कन्ट्याक्ट्स

यस किसिमका कन्ट्याक्ट सोझो रुपमा मेमोरियलाइज्ड अकाउन्टसँग जोडिएका हुन्छन् । तपाईंले आफ्नो शेषपछि मेमोरियलाइज्ड अकाउन्टको ख्याल राख्नका लागि कसैलाई चुन्न सक्नुहुन्छ ।

फेसबुकले यसप्रकारको विकल्प छनौटका लागि सबै प्रयोगकर्तालाई लिगेसी कन्ट्याक्ट सेट गर्न सुझाव दिने गरेको हुन्छ । जसले गर्दा कुनै प्रयोगकर्ताको मृत्यु भइसकेपछि उक्त व्यक्तिको अकाउन्टको हेरचाह गर्न सकिन्छ ।

अब तपाईंलाई यस्तो अकाउन्टमा के के गर्न सकिन्छ भन्ने लागेको हुनुपर्छ । कुनै प्रयोगकर्ताको मृत्यु भइसकेको छ भने लिगेसी कन्ट्याक्टको रुपमा रहेको व्यक्तिले मृत्यु भइसकेको व्यक्तिको प्रोफाइलमा पोस्ट गर्न सक्छ ।

साथै मृतक व्यक्तिको प्रोफाइल वा कभर फोटो परिवर्तन समेत गर्न सक्छ । यतिमात्र होइन, मृतक व्यक्तिको अकाउन्ट डिलिट गर्नका लागि अनुरोध समेत गर्न सक्छ । यदि तपाईंले यो फिचर अन गर्नु भएको छ भने लिगेसी कन्ट्याक्टबाट तपाईंको फेसबुकमा शेयर गरिएका चिजहरुको कपी डाउलोड गर्न सक्छ ।

यसबाहेक यसमा केही यस्ता कुराहरु पनि हुन्छन्, जो एउटा लिगेसी कन्ट्याक्ट भएर पनि कहिल्यै गर्न सक्दैन । जसमा मृतक व्यक्तिको अकाउन्ट लगईन गर्न, मेसेज पढ्न, साथीलाई अनफ्रेन्ड गर्न वा कुनै फ्रेन्ड रिक्वेस्ट पठाउन सकिँदैन ।

आफ्नो शेषपछि फेसबुक अकाउन्ट डिलिट होस् भन्ने चाहनुहुन्छ ?

यदि तपाईं चाहनुहुन्छ भने आफ्नो मृत्यु पश्चात आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्ने विकल्प समेत रोज्न सक्नुहुन्छ । जसको सहयोगमा तपाईंको अकाउन्ट फेसबुकबाट स्वतः डिलिट हुन्छ ।

फेसबुकले तपाईंको मृत्युको जानकारफ प्राप्त गरेपश्चात तपाईंका सबै फोटो, मेसेज, पोस्ट, कमेन्ट, रिएक्सन र अन्य जानकारी तुरुन्तै डिलिट गरिदिन्छ । तर यसका लागि फेसबुकसम्म तपाईंको मृत्युको जानकारी भने पुग्न जरुरी हुन्छ ।

यसका लागि तपाईंले फेसबुकबाट जारी गरिएको यो सुविधा अपनाउन सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिला फेसबुकको माथि दायाँ कुनामा रहेको अकाउन्टमा क्लिक गर्नुहोस् । त्यसपछि सेटिङ एन्ड प्राइभेसी हुँदै सेटिङमा जानुहोस् ।

त्यहाँभित्र रहेको ‘मेमोरियलाइजेसन’मा ट्याप गर्नुहोस् । अब तल स्क्रोल गर्नुहोस् र ‘रिक्वेस्ट द्याट योर अकाउन्ट बि डिलिटेड आफ्टर योर पास अवे’ लेखिएको स्थानमा थिच्नुहोस् र ‘डिलिट आफ्टर डेथ’लाई चयन गर्नुहोस् ।

यति गरिसकेपछि तपाईंको मृत्युपश्चात फेसबुकबाट तपाईंको अकाउन्ट सधैंका लागि डिलिट हुनेछ । यसको बारेमा यहाँ क्लिक गरेर तपाईंले विस्तृत जानकारी लिन समेत सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् : साइप्रसमा कुक को डिमाण्ड, तलब एक लाख २६ हजार

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।